काठमाडौं । मनाङको हिम्लुङ हिमालमा हिउँपहिरोमा मृत्यु हुने १५ जनाको नाम सार्वजनिक भएको छ । नेपाल प्रहरीले शुक्रबार हिमपहिरोमा मृत्यु र बेपत्ता हुनेको नाम सार्वजनिक गरेको हो ।
असोज २ गते काठमाडौंबाट हिमालय होलिडे कम्पनीका २१ जना नेपाली पुरुष तथा इमेजिङ नेपाल कम्पनीका ६ जना नेपाली पुरुष गरी जम्मा २७ जना मनाङ जिल्लाको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ क्षेत्रमा बेस क्याम्प स्थापना गर्न गएका थिए ।
उनीहरू असोज ११ गते राति करिब १२:४५ बजे आएको हिमपहिरोमा परेका थिए । हिमपहिरोमा परेका २७ मध्ये ११ जना सकुशल रहेको तथा १६ जना सम्पर्कविहीन भएकोमा खोज तथा उद्धारका क्रममा हालसम्म १५ जनाको शव फेला परेको छ । बपत्ता हुनेमा ओखलढुंगाका वर्ष ३८ का पासाङ नुरी शेर्पा छन् ।
हालसम्म शव फेला परेकामा संखुवासभाका छेवि भोटे र पासाङ भोटे, गोरखाका विरेन्द्र गुरुङ, खोटाङका घनश्याम राई, सुरज राई र लककुमार गुरुङ, रुकुम पूर्वका कलम बुढा, काभ्रेका बिर्खध्वज तामाङ र जगत तामाङ, वतन तथा उमेर नखुलेका ङिमा दोर्जे तामाङ र सन्तवीर तामाङ, सिन्धुपाल्चोकका उर्खध्वज बोहोरा, ओखलढुंगाका वर्ष ६३ का प्रेम तामाङ, गोरखाका वर्ष ५८ का आश गुरुङ र दोलखाका वर्ष ४७ का कृतिबहादुर तामाङ छन् ।
सम्बन्धित समाचार
मन्त्री र सचिव जोडिएको घुस प्रकरणवारे छानबिन गर्न ३ सदस्यीय समिति गठन
पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता
गण्डकीमा १८ जनाको मृत्यु, ४ बेपत्ता
मनाङमा हिम पहिरोः ४ जनाको निधन, १२ जना अझै बेपत्ता
चामेमा थुनिएको मर्स्याङ्दी नदी मंगलबार नेपाली सेनाले खोल्ने
३६ सयले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ वटा शव निकालियो
सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट





