काठमाडौं । आदिवासी जनजातिअन्तर्गतको सहमहामन्त्रीमा बहादुरसिंह लामा तामाङ अत्याधिक मतका साथ विजयी भएका छन् ।
उनी ३ हजार २४५ मत प्राप्त गरी विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी ओमबहादुर घर्ती मगरले १ हजार ४४६ मत पाएका छन् । यसैगरी, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाएका छन् ।
आदिवासी जनजातिकै महिलातर्फ ३४ उम्मेदवार रहेकोमा ८ जना निर्वाचित भएका छन् भने खुल्लातर्फ १२ पदका लागि ४१ जना उम्मेदवार रहेका थिए ।
जनजाति महिलातर्फ गीता गुरुङले २ हजार ८५९, डा. गंगालक्ष्मी अवालले २ हजार ७६८, रेणुका काउछ मगरले २ हजार ३९२, सपनाराज भण्डारी जोशीले २ हजार ३५१, सिताकुमारी राना मगरले २ हजार १३२, प्रमिला राईले २ हजार २०, लीलादेवी बोखिम लिम्बुले १ हजार ६८१ र पुनम लामाले १ हजार ६३६ मत प्राप्त गरेका छन् ।
त्यसैगरी पुरुषतर्फ तीर्थ लामाले ४ हजार ४२५, ई अनुप श्रेष्ठले २ हजार ५५१, डा. प्रेमध्वज लामाले २ हजार ५०५, कर्मा छेरिङ शेर्पाले २ हजार ४०६, टेकप्रसाद गुरुङले २ हजार ९०, भीम श्रीस मगरले २ हजार ४६, रामकृष्ण चित्रकारले १ हजार ९८२, बुद्ध लामाले १ हजार ९५६, गेल्जे लामा शेर्पाले १ हजार ८१९, वंशलाल तामाङले १ हजार ७५६, अमृत गुरुङले १ हजार ६८९ र सुशील गुरुङ १ हजार ६४४ मत प्राप्त गरी निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
सम्बन्धित समाचार
सुर्खेत २ बाट ‘हेभिवेट’ नेताको ‘च्याप्टर क्लोज’ !
कांग्रेस महाधिवेशनः युवा नेतृत्व नाराबाट कोटामा
अन्तर्राष्ट्रिय अभ्यासविपरीत ४० दिनमै खोज–उद्धार स्थगित
पूर्वराष्ट्रपति विद्या एमालेमा अध्यक्ष ओलीपछि शक्तिशाली
निर्वाचनपछि बागमतीमा हाम्रो पार्टीको सरकार बन्छः कुलमान घिसिङ
गगन र विश्वको नाममा कसले बनायो आफूअनुकूल उम्मेदवारको सूची ?
सभापतिमा निर्वाचित गगनलाई विश्वप्रकाशले भने– ‘लु ब्रदर–बलियो कमान्डका लागि शुभकामना !’
कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी विजयी






