श्रोत नखुलेको रकमसहित दुई भारतीय नागरिक पक्राउ

राजविराज । श्रोत नखुलेको चार लाख भन्दा बढी रकमसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।

प्रहरीका अनुसार सोमबार एकाबिहान गस्तिमा रहेका सशस्त्र प्रहरीको टोलीले भारतीय सीमासँग जोडिएको सप्तरीको डाक्नेश्वरी नगरपालिका ३ हटेल टोल सडकखण्डबाट दुई जना भारतीय नागरिक पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा भारत बिहार राज्यको मधुवनी जिल्ला निवासी सद्दाम अन्सारी र रन्जितकुमार साह छन् । मोटरसाइकल चढी भारतबाट नेपाल प्रवेश गरेका उनीहरु उपर शंका लागि चेकजाच गर्दा सशस्त्र प्रहरी पातोको टोलीले श्रोत नखुलेको ४ लाख ३४ हजार ४९ रुँपैया बरामद गरेको प्रहरी उपरिक्षक रुपक खडकाले जानकारी दिए ।

मोटरसाइकलसहित दुबै जनालाई नियन्त्रणमा लिई थपअनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 30 times, 1 visits today)

epaper

ताजा समाचार

चितवनलाई ५ विकेटले हराउँदै सुदूरपश्चिमको दोस्रो जित