कार्यभार सम्हाल्न नेपाल आइपुगे भारतका नवनियुक्त राजदूत दलेला

काठमाडौं । भारतका नवनियुक्त राजदूत सुधाकर दलेला कार्यभार सम्हाल्न काठमाडौं आइपुगेका छन् । उनी मंगलबार एअर इण्डियाको विमानबाट काठमाडौं ओर्लिएका हुन् ।

उनले बुधबारदेखि दूतावासमा कार्यभार सम्हाल्ने भएका छन् । उनी दक्षिण एसियाको राजनीतिमा विशेष दख्खल राख्ने भारतीय कूटनीतिज्ञ हुन् । यसअघिका राजदूत नवीन वास्तवको चार वर्षे कार्यकाल पूरा भएपछि भारतले दलेलालाई नयाँ राजदूत नियुक्त गरेको हो ।

भारतीय विदेश सचिव विक्रम मिश्रीको नेपाल भ्रमणअगावै राजदूत दलेलाले कार्यभार सम्हाल्न लागेका हुन् । मिश्री आगामी हप्ता नेपाल भ्रमणमा आउने भएका छन् । उनी प्रधानमन्त्री बालेन्द्र शाहको औपचारिक भारत भ्रमणको तयारीका विषयमा छलफल गर्न नेपाल आउन लागेका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 25 times, 1 visits today)

epaper

ताजा समाचार

तिहारको साइत: कात्तिक २५ गते ११:०७ बजे भाइटीका उत्तम