राजविराज नगरवासी फेरि आन्दोलनको तयारीमा

राजविराज । वर्षोदेखि लालपुर्जाका लागि संघर्षरत राजविराज नगरवासीले विभिन्न वाहानामा लालपुर्जा वितरण गर्न ढिलाई तथा वितरणको प्रारम्भिक प्रक्रिया समेत सुचारु हुन नसकोको भन्दै आक्रोश पोखेका छन् ।

उनीहरुले सरकारी आश्वासन पछि रोकिएको लालपुर्जा प्राप्तिको आन्दोलन पुनः शुरु गर्ने चेतावनी समेत दिएका छन् । लालपुर्जा प्राप्तिका लागि नगरवासीद्वारा गठित संयुक्त जनआन्दोलन परिचालन संघर्ष समितिको मंगलवार बसेको वृहत बैठकले यस’bout भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको ध्यानाकर्षण गराउने र अबिलम्ब प्रक्रिया शुरु नगरिए पुनः आन्दोलन चर्काउने निर्णय गरेका छन् ।

समितिका संयोजक खेलानन्द दासले सरकारका मन्त्रिहरुले दशैं अगाबै लालपुर्जा वितरण प्रक्रिया शुरु गर्ने आश्वासन र प्रतिबद्धता जाहेर गरे पनि स्थानीय कर्मचारीको लापरवाही र वेवास्ताका कारण त्यो पुरा हुन नसकेको गुनासो पोखे । ‘सरकारको प्रतिबद्धताअनुसार जिल्लामा काम अघि बढ्न सकेको छैन, लालपुर्जा वितरणका लागि गठित समितिबाट हालसम्म एउटा सूचना निकाल्ने काम समेत भएको छैन–संयोजक दासले भने – यस्तो ढिलासुस्तीले हामीलाई पुनः आन्दोलनको बाटो रोज्न बाध्य बनाइदै छ ।’

सरकारले भूमि सम्बन्धि समस्या समाधान तथा विटौरी जग्गा धनीलाई जग्गाधनी प्रमाण पत्र उपलब्ध गराउनका लागि बिटौरी जग्गा दर्ता सम्बन्धि गठन आदेश २०८३ मन्त्रि परिषद बैठकबाट स्वीकृत गर्नुका साथै अध्यादेश मार्फत नितिगत सुधार गरिसक्दा पनि जिल्लामा यस ’bout कुनै प्रक्रिया शुरु नगर्नु सरकारको निति तथा कार्यक्रम असफल बनाउने प्रयास कर्मचारीहरुबाटै हुन थालेको संयोजक दासको भनाई छ ।

जिल्ला भूमि समस्या समाधान समिति एवम् भूमि प्रशासन कार्यालय सप्तरीका प्रमुख रोहित भट्टराईको अध्यक्षतामा नापी कार्यालय, राजविराज नगरपालिका कार्यालय तथा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि सदस्य रहने गरी गठन भएको समितिले अहिलेसम्म जग्गा ’bout सूचना प्रकाशन गर्ने काम समेत गरेको छैन ।

यति मात्र होइन । मंगलवार मात्र बसेको समितिको पहिलो बैठकले पनि सूचना निकाल्ने कुनै निर्णय गरेनन् । समितिका अध्यक्ष भट्टराईले जनशक्ति र सवारी साधनको अभाव भएको, जग्गा वितरण प्रक्रिया शुरु गर्न आवश्यक कार्यविधि प्राप्त नभएको कारणले सूचना प्रकाशन गर्न ढिलाई भएको बताएका छन् । उनले यस सम्बन्धमा मन्त्रालय पुगेर आवश्यक जानकारी लिएपछि मात्र सूचनाको प्रक्रिया अघि बढाउने बताएका छन् ।

उनले तिहार र छठ पर्व पछि मात्र सूचना निकाल्ने काम हुन सक्ने संकेत समेत गरेका छन् । समितिमा रहेका सरकारी कर्मचारीको लापरवाही र ढिलासुस्तीले सरकारको निति तथा कार्यक्रम असफल हुन लागेको संघर्ष समितिका सदस्य घनश्याम दासले बताए ।

‘सरकारी कर्मचारीको काम बिरबलको खिचडी जस्तै भएको छ । उनले भने–यसतर्फ सरकारको गम्भिर ध्यानाकर्षण हुनु जरुरी छ ।’

दशैंको विदा हुन ६–७ दिन मात्र बाँकी रहँदा गृह जिल्ला आएका युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापा तथा नापी, भूमि र नगरपालिकाका प्रमुख समेतको बैठक राखेर दशैं विदा अगावै कम्तिमा लालपुर्जा वितरणको प्रारम्भिक सूचना प्रकाशन गरेर प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए ।

मन्त्री यादवले भनेका थिए– दशैं विदा अगाबै लालपुर्जा वितरणका लागि आवश्यक प्रक्रिया सुरु गर्नुस्, कुनै वाधा, अडचन वा कन्फ्यूजन भए हामीहरुले त्यस्को फुकाउ गर्नेछौ ।’

तर अहिलेसम्म मन्त्री यादवको निर्देशको कुनै पालना नभएको संघर्ष समितिका अर्का सदस्य विरेन्द्र गुप्ताले गुनासो पोखे । सप्तरी सदरमुकाम राजविराज नगरपालिकाको ७० विगहा क्षेत्रमा नगरस्थापनाकाल देखि नै आफ्नै लगानीमा भवन संरचना बनाएर बसोबास गर्दै आएका ५ हजार २ सय परिवार अझै लालपुर्जा पाउन सकेका छैन ।

लालपुर्जाका लागि पछिल्लो समय नगरवासीले संघर्ष समिति नै गठन गरी लगातार ५० दिनसम्म आन्दोलन गरेका थिए । सरकारले माग पुरा गर्ने प्रतिबद्धता जनाएपछि आन्दोलन स्थगित गरिएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 78 times, 1 visits today)

epaper

ताजा समाचार

तिहारको साइत: कात्तिक २५ गते ११:०७ बजे भाइटीका उत्तम