काठमाडौं । प्रहरीले पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले उनीविरुद्ध पक्राउ पुर्जी लिएको हो ।
मलेसियामा वैदेशिक रोजगारीमा जाने श्रमिकमाथि भएको ठगी प्रकरणमा अर्यालको पनि संलग्नताको दाबी गर्दै प्रहरीले पक्राउ पुर्जी लिएको हो ।
तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय, श्रम मन्त्रालयका तत्कालीन सचिव विनोद केसीलगायतका व्यक्ति बुधबार बेलुका पक्राउ परेका थिए ।
त्यसबाहेक श्रम मन्त्रालय रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुखद्वय उमेश ढुंगाना र राजीव पोखरेल तथा तत्कालीन कानून अधिकृत निर्मला गुरुङ पनि पक्राउ परेका छन् । तर तत्कालीन श्रम सचिव अर्याल भने पक्राउ परेका थिएनन् । उनी बुधबार नै भारततिर लागेको स्रोतले बतायो ।
मलेसियामा श्रमिक पठाउने नीतिगत निर्णयका बेला तत्कालीन श्रममन्त्री हाल सभामुख डोलप्रसाद अर्याल र शरतसिंह भण्डारीको पनि संलग्नता रहेको बताइन्छ । तर अर्याल र भण्डारीमाथि कुनै अनुसन्धान भएको छैन । अर्याल रास्वपाबाट सभामुख बनेका हुन् भने भण्डारी ऊर्जामन्त्री विराजभक्त श्रेष्ठका ससुरा हुन् । सोही कारण प्रहरीले ठगीकाण्डमा दुवैलाई अनुसन्धानमा नतानेको बताइन्छ ।
बायोमेट्रिक शुल्कसम्बन्धी ०७६ सालमा नीतिगत निर्णय भएको र त्यसले निरन्तरता पाउँदै गएको कसूरमा श्रम मन्त्रालयसम्बध्द उपसचिवदेखि मन्त्रीसम्मलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नभई प्रहरीले समातेको छ ।
सभामुख डिपी अर्याल (०७९ माघ २० देखि २० दिन र फेरि ०८० फागुन २३ देखि ०८१ असार ३१ सम्म) र शरतसिंह भण्डारी (०८१ असारदेखि २०८२ भदौ २३ को जेनजी आन्दोलनसम्म) श्रममन्त्री थिए । भण्डारीको पालामा मेडिकल परीक्षण शुल्क सात सयबाट बढाएर आठ सय बनाइएको थियो ।
सम्बन्धित समाचार
अन्ततः लखेटिए दानबहादुर
भारतीय विदेश सचिव मिश्रीले प्रधानमन्त्री बालेन भेटेको तस्बिर सार्वजनिक गर्न रोक
पार्टी र सरकारबीच समन्वयको अभाव छैन : सभापति लामिछाने
गगनलाई देउवाले भने: ‘१८ करोडमा कांग्रेस बेच्नेले पार्टी जोगाउन सक्दैन’
नवनियुक्त चार न्यायाधीशद्वारा शपथग्रहण
प्रधानमन्त्री शाह भारत भ्रमणबाट फर्किएलगत्तै स्थानीय तह निर्वाचन मिति घोषणा हुने
उमेश श्रेष्ठका भाइ महेशविरुद्ध पनि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान
दुई पूर्वमन्त्री र पूर्वसचिवसहित छ जना पक्राउ






