काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले ईनम सापकोटासहित तीन जनालाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।
अदालतले बिहीबार सापकोटासहित महेश श्रेष्ठ र सुशील भट्टलाई थप एक साता हिरासतमा राखी अनुसन्धान अघि बढाउन जिल्ला प्रहरी परिसर काठमाडौँलाई म्याद थप गरेको हो ।
पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग ‘कनेक्सन’ देखिएपछि प्रहरीले सबैभन्दा पहिले ईनम सापकोटालाई पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा सापकोटासँगको संलग्नता देखिएपछि श्रेष्ठ र भट्टलाई पनि प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेकामध्ये श्रेष्ठ कीर्तिपुरस्थित पुष्पसदन बोर्डिङ सेकेन्डरी स्कुलका प्रिन्सिपल हुन् भने भट्ट लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् ।
प्रहरीका अनुसार सापकोटाविरुद्ध नेपाल राष्ट्र बैंक ऐन, २०५८ र सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको छ । त्यस्तै, पक्राउ परेका अन्य दुई जना श्रेष्ठ र भट्टविरुद्ध भने सम्पत्ति शुद्धीकरण निवारण ऐन अन्तर्गतको कसुरमा अनुसन्धान जारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
सम्बन्धित समाचार
अन्ततः लखेटिए दानबहादुर
भारतीय विदेश सचिव मिश्रीले प्रधानमन्त्री बालेन भेटेको तस्बिर सार्वजनिक गर्न रोक
पार्टी र सरकारबीच समन्वयको अभाव छैन : सभापति लामिछाने
गगनलाई देउवाले भने: ‘१८ करोडमा कांग्रेस बेच्नेले पार्टी जोगाउन सक्दैन’
नवनियुक्त चार न्यायाधीशद्वारा शपथग्रहण
प्रधानमन्त्री शाह भारत भ्रमणबाट फर्किएलगत्तै स्थानीय तह निर्वाचन मिति घोषणा हुने
उमेश श्रेष्ठका भाइ महेशविरुद्ध पनि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान
दुई पूर्वमन्त्री र पूर्वसचिवसहित छ जना पक्राउ






