समस्यै समस्याले जेलिएको कारागार सुधारमा पहिलो महिला प्रशासक

राजविराज । राजविराज कागारारमा पहिलो पटक महिलाले प्रशासकको जिम्मेवारी पाएकी छिन् । राणाकालमै स्थापना भएको राजविराज ६ स्थित उक्त कारागारमा अहिले ३० वर्षिया मोना कुमारी झाले कारागार प्रशासकको जिम्मेवारी पाएकी हुन् ।

२००८ सालमा स्थापना गरिएको उक्त कारागारको प्रशासकमा हालसम्म पुरुषले मात्रै जिम्मेवारी पाएको इतिहास छ । कारागारको पहिलो महिला प्रशासकको जिम्मेवारी सम्हालेको मोनाको दुई साता मात्र बितेको छ ।

राजविराज नगरपालिका १ पडरिया निवासी उनी यस अघि सिन्धुली जिल्ला प्रशासन कार्यालयमा शाखा अधिकृत र त्यस पछि सप्तरी जिल्ला प्रशासन कार्यालयमा प्रशासकीय अधिकृतको जिम्मेवारी कुशलतापूर्वक बहन गरी सकेकी छिन् ।

कारागार प्रशासकको जिम्मेवारी सम्हालेको भोली पल्टदेखि नै उनले समस्यै समस्याले जेलिएको कारागार सुधारका लागि आवश्यक निर्णयहरु गर्दै पहल शुरु गरेकी छिन् ।

१२५ जनाको क्षमता रहेको कारागारमा अहिले “क”ब्लकमा २०४, “ख” १७६ तथा महिला ब्लकमा ३० गरी कुल ४१० कैदीवन्दी छन् । यो संख्या क्षमता भन्दा तीन गुणा बढी छ । यस्तै भवन र पर्खालका भित्ताहरु पनि कमजोर छ । कारागारका नयाँ प्रशासक मोना भन्छिन्– “बढी कैदी वन्दी, जिर्ण भवन मात्रै समस्या होइन, अतिक्रमण र जेनेरेटरको अभाव पनि समस्या बनेको छ ।”

विद्युत गएको बेला जेनेरेटर नभएकाले निगरानी र सुरक्षा चुनौती हुने गरेको उनको भनाई छ । मुलुककै पुरानो कारागार मध्येका एक उक्त कारागार अहिले जिर्ण अवस्थामा छ । कारागार भवन तथा पर्खालका भित्ताहरु हेर्दा कुन बेला भवन र पर्खाल ढल्ने हो भन्ने चिन्ताले सताउने गरेको कारागारका कर्मचारीहरु बताउँछन् ।

यस्तै कारागारको धेरै जसो जग्गा केही स्थानीयले अतिक्रमण गरी घर, टहरा निर्माण गरे पछि समस्या थपिदै गएको भन्दै कारागारका नयाँ प्रशासक मोनाले सुरक्षा निकायसँगको पहिलो बैठकमै उक्त समस्या उठान गरेकी छिन् । “अतिक्रमित जग्गा खाली गराउनेदेखि कारागारको भौतिक संरचना सुधारका लागि पहल थालि सकेकी छु, उनले भनिन्– “छिट्टै समस्या समाधान हुने विश्वास छ।”

भूमिसुधार तथा मालपोत कार्यालय सप्तरीको २०७६ साल माघ ८ गते जारी जग्गाधनी पूर्जा अनुसार राजविराज कारागारको नाममा कित्ता नं. १०२२ मा २ बिगहा ८ कठ्ठा पौने १७ धुर जग्गा कायम रहेको देखिन्छ । तर, अहिले सो मध्ये १ बिग्हा ६ कठ्ठा १२ धुर जग्गा विभिन्न व्यक्तिले अतिक्रमण गरी घर टहरा बनाएर बसेको कर्मचारीहरु बताउँछन् ।

यसले कारागारको थप संरचना निर्माणमा बाधा पु¥याउनुका साथै सुरक्षा चुनौती समेत थपिने काम भएको उनीहरु सुनाउँछन् । कारागार प्रशासक मोनाले कारागार सुधारका लागि आफुले केन्द्रिय कारागार व्यवस्थापन विभागमा पनि पहल शुरु गरी सकेको तथा यस कार्यमा स्थानीय, प्रदेश र केन्द्र सरकारको पनि सहयोग आवश्यक रहेको बताएकी छिन् ।

उनले आफ्नो गृहनगरमा मन्त्रालयले विश्वास गरी कारागार प्रशासकको जिम्मा दिएको भन्दै सो विश्वासमा खरो उत्रिने गरी काम गरि रहेको बताइएकी छिन् ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

समस्यै समस्याले जेलिएको कारागार सुधारमा पहिलो महिला प्रशासक