सरकार सञ्चालन गर्नमा ओली असक्षम रहेको भन्दै राजीनामा दिन प्रभु साहको सुझाव

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओली सरकार सञ्चालन गर्न अक्षम रहेकाले कुर्सीमा नैतिक रुपमा बस्न नमिल्ने टिप्पणी गरेका छन् । प्रधाानमन्त्री ओलीको कार्यक्षमतामाथि गम्भिर प्रश्न उठाउदै उनले मुलुक र जनताको हित चाहने हो भने कुर्सीमा टाँसिरहन आवश्यक नभएको जनाएका छन् ।

सरकारी उधोग सञ्चालन गर्न नसकेर सरकारले निजिकरण गर्ने निर्णयमा पुगेपछि आजपा अध्यक्ष साहले त्यसको विरोध गरेका छन् । सरकारको सो निर्णयको आलोचना गर्दै उनले सरकारी उधोग बिचौलिया व्यापारीसंग साठगाठ गरेर बेच्न लागेको गम्भिर आरोप लगाएका छन् ।

‘प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सरकारी उद्योगहरूलाई चलाउनुको सट्टा बिचौलिया ब्यापारीहरूसंग बेचने खेलमा लागेका छन् । अर्थात सरकारी उद्योगहरू निजीकरण हुदैछ । जाब्बो एउटा उद्योग चलाउन नसक्ने सरकारले देश कसरी चलाउन सक्छ ? भन्ने गम्भीर प्रश्न खड़ा भएकोछ’ आजपा अध्यक्ष साहले भनेका छन्, ‘एउटा सामान्य व्यक्तिले गर्न सक्ने काम पनि दुई तिहाईको सरकारले गर्न नसक्ने भए पछि प्रधानमन्त्रीलाई कुर्सीमा बस्न मिल्छ कि मिल्दैन ? सबैले बिचार गर्न जरूरी छ ।’

सरकारी उधोग चलाउँन नसकेपछि दुई तिहाई बहुमतको ओली नेतृत्वको सरकार असक्षम भएको बताउदै उनले तत्काल प्रधानमन्त्रीले राजिनामा दिनुपर्ने सुझाव दिएका छन् । वर्तमान सरकारले उधोगधन्दाहरु बेचेर सिध्याउने, संस्थाहरु डुबाउने र प्राकृतिक श्रोतसाधनको दोहन गरेको आरोप समेत साहले लगाएका छन् ।

वर्तमान सरकारले जनताले बुझाएको कर समेत दुरुपयोग गरिरहेकाले कर बहिष्कार गर्नुपर्ने आह्वान गर्दै उनले भनेका छन्, ‘आफुले कुनै आय आर्जन गर्न नसक्ने, आफनो जिम्माको सम्पूर्ण उद्योगधन्दाहरू बेचेर सिध्याउने, संस्थानहरू डुबाउने र प्राकृतिक साधन श्रोतहरूको दोहन गर्ने सरकारलाई जनताले किन बोकने ? ओली सरकारले जनताद्वारा बुझाईएको कर समेत दुरुपयोग गरिरहकोले तपाई हामी कर बहिष्कारको अभियानमा अगाड़ी बढ़न जरुरी छ ।’

विपक्षीलाई दबाउने, भ्रष्टाचारीलाई जोगाउने र जनतालाई ऋण बोकाउने ओली नेतृत्वको सरकारको कडा रुपमा विरोध गर्दै विपक्षीलाई झुठा मुद्धा लगाएर तर्साउने खेल भईरहेको उनले जनाएका छन् । अहिले पनि सरकार प्रतिपक्षमा रहेका पार्टीहरुलाई फुटाउन अध्यादेश ल्याउने खेलखेलिरहेको उनले आरोप लगाएका छन् ।

विपक्षीहरुलाई तर्साउन झुठा मुद्दा लगाउने, आफु समर्थित पार्टीको अपराधीलाई बचाउने, विपक्षमा रहेका पालिकाहरुमा सरुवा आतंक मच्चाउने, सत्ताको दुरूपयोग गरी व्यापारीबाट अनुचित लाभ लिने गरेको बताउदै साहले भ्रष्ट कर्मचारीलाई प्रोत्साहन र इमान्दारलाई दण्डित गर्ने गरेको सरकारले जनतालाई ऋणको भारी बोकाउने र राज्यको ढुकुटी लुटने काम गरिरहेकाले सचेत हुन आह्वान गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 40 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सरकारको आयुवारे प्रधानमन्त्री ओली किन सशंकित ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मकवानपुरको इन्द्रसरोवर र भिमफेदीमा एमाले बिजयी