जीवरामको अभिशप्त कुइनेटाहरु लोकार्पित

काठमाडौं । कथाकार जीवराम भट्टराईले आफ्नो नयाँ कथासँग्रह ‘अभिशप्त कुइनेटाहरु’ पाठकमाझ ल्याएका छन् । नेपाल स्रष्टा समाजको आयोजनामा काठमाडौंमा एक समारोहबीच भट्टराईको कथासङ्ग्रह अभिशप्त कुइनेटाहरु लोकार्पित भएको छ ।

साहित्यकार एवं साहित्यिक पत्रकारद्धय नगेन्द्रराज शर्मा, रोचक घिमिरे, श्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ’रोदन’, प्रा.डा.महेशकुमार आचार्य, साहित्यकार पवन आलोक, प्रा.डा.गोविन्दप्रसाद पौडेल, डा.दिनबन्धु शर्मा र कृतिकार जीवराज भट्टराईले यो सँग्रहको लोकार्पण गरेका छन् ।

लोकार्पण समारोहलाई सम्बोधन गर्दै अग्रज साहित्यकार रोचक घिमिरेले यो सँग्रह पठनीय कृति बन्न सकेको बताए । उनले साहित्यका क्षेत्रमा देखिएका विकृतिहरु चिर्नुका लागि पनि निरन्तर यस्ता ससक्त कृति आउनुपर्छ भने ।

साहित्यिक पत्रकार नगेन्द्रराज शर्माले यस्ता साहित्यिक कृतिको पाठक बिगतको तुलनामा घटेको विवरण सुनाए । उनले अघिल्लो कृति पढेको आधारमा पनि भट्टराईको यो सँग्रहका कथाहरु उत्कृष्ट भएको अनुमान गर्न सकिने जिकिर गरे ।

यस्तै कार्यक्रममा समालोचक डा.शान्तिमाया गिरी र प्रा.डा.गोविन्दप्रसाद पौडेलले कथासँग्रहमाथि टिप्पणी गरे । उनीहरुले कथाको प्रस्तुति केही फरक र आधुनिक शैलीको भएको जिकिर गरे । जसले अहिलेको पाठकलाई आकर्षित गर्ने उनीहरुको कथन थियो ।

स्रष्टा समाजका अध्यक्ष रोदनले आफ्नो संस्थालाई कृति प्रकाशनको अवसर दिएर सहित्य सेवामा समर्पणको जिम्मेवारी पाएको बताए । उनले साहित्यिक क्षेत्रमा देखिएका विकृति विसंगति विरुद्ध सबै लाग्नुपर्ने खाँचो औल्याए ।

स्रष्टा जीवराज भट्टराईको कृति सफलताको निम्ति प्रा.डा.महेशकुमार आचार्य तथा डा.दीनबन्धु शर्माले पनि शुभकामना दिए । कथाकार भट्टराईले यो सँग्रहका कथा सृजनाका केही रोचक पक्षहरु कार्यक्रममा सुनाए ।

तपाइको प्रतिक्रिया
(Visited 8 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

दलाल दलतन्त्रबाट देशलाई बचाउन जनआन्दोलनको बिकल्प छैन्ः प्रभु साह

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मोरङको सुन्दर हरैँचा नगरपालिकामा गठबन्धनलाई हराउँदै एमाले विजयी