पत्रकार महासंघ खोटाङको भवन निर्माणका लागि भौतिक पूर्वाधारमन्त्रीलाई ज्ञापनपत्र

कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा स्वास्थ्यमन्त्री भूपेन्द्रकुमार राईलाई ज्ञापनपत्र बुझाउनुहुुदै पत्रकार महासंघ खोटाङका अध्यक्ष हरिबोल आचार्य ।

खोटाङ । नेपाल पत्रकार महासंघ खोटाङ शाखाले आफ्नो कार्यालय भवन निर्माणका लागि कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा स्वास्थ्यमन्त्री भूपेन्द्रकुमार राईलाई ज्ञापनपत्र बुझाएको छ । प्रदेश सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री राईलाई महासंघको नवनिर्वाचित कार्यसमितिले आइतबार दिक्तेलमा आयोजित एक कार्यक्रममा उक्त ज्ञापनपत्र हस्तान्तरण गरेको हो ।

ज्ञापनपत्र बुझ्नुहुदै मन्त्री राईले चालु आर्थिक वर्षदेखि नै बहुवर्षीय योजना अन्तर्गत भवन निर्माणका लागि बजेट व्यवस्था गर्ने प्रतिबद्धता जनाउनुभएको छ । कोशी प्रदेशका १४ जिल्लामध्ये खोटाङमा मात्र पत्रकार महासंघको आफ्नै भवन नभएको अवस्थामा भवन निर्माणका लागि पहल गरिएको महासंघका नवनिर्वाचित अध्यक्ष हरिवोल आचार्यले बताए ।

महासंघको भवन निर्माणका लागि दिक्तेलस्थित रत्नपार्क नजिकै आठ आना जग्गा कृषिविज्ञ मदन राईले २०६३ सालमा निःशुल्क उपलब्ध गराएका छन् । चालु आर्थिक वर्षमा प्रदेश सरकारले २० लाख रुपैयाँ विनियोजन गरेको भए पनि सो रकमले भवन निर्माण सम्पन्न हुन नसक्ने भएकाले थप बजेटको माग गरिएको हो । २०६१ सालमा स्थापना भएको महासङ्घको खोटाङ शाखा हाल भाडाको घरमा सञ्चालन भइरहेको छ ।

पहिले निर्माण गरिएको ढुङ्गा–माटोको कच्ची भवन उपयोगविहीन भएपछि भत्काइएको र अब पक्की भवन निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी घडेरी सम्याउने काम सम्पन्न भइसकेको निवर्तमान अध्यक्ष दिलीप खत्रीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 16 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

रबि लामिछानेमाथिकाे अनुसन्धान प्रतिबेदन बुझाइयाे

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भरतपुरमा गठबन्धनका उम्मेदवार जीत नजिक