पुष्पा २ ले १२ दिनमा भारतमा कमायो ९२९ करोड

मुम्बई । दक्षिण भारतीय अभिनेता अल्लु अर्जुनलाई प्रहरीले पक्राउ गरेर एकरात हिरासतमा राखेपछि उनको नयाँ चलचित्र ‘पुष्पा २ः द रुल’ को व्यापारमा झन फाईदा पुगेको छ । उनका प्रसंसकहरुको फेरी एकपटक हलमा ओईरो लागेको छ ।

सोही कारण यो चलचित्रले दोश्रो सातामा पनि बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ । चलचित्रले सोमबारसम्म घरेलु बक्स अफिसमा ९०० करोडको आँकडा पार गरिसकेको छ । यो संगै पुष्पा २ ले कमाईको हिसावले अहिलेसम्म केजीएफ च्याप्टर २ सहित भारतीय चलचित्रले स्वदेशी बक्स अफिसमा बनाएको सबै व्यबसायिक रेकर्ड तोडेको छ ।

कन्नड चलचित्रका सुपरस्टार एसको ब्लकबस्टर चलचित्र केजीएफ च्याप्टर२ ले भारतमा कुल ८५९.७ करोडको कीर्तिमानी व्यापार गरेको थियो । रिलिज भएको १२ दिनमा ९२९.२५ करोडको व्यापार गर्दै अल्लु अर्जुनको पुष्पा २ ले केजीएफ च्याप्टर २ को व्यापारलाई पछि पारेको हो ।

पुष्पा २ ले १२ औं दिनमा २७.७५ करोडको व्यापार भारतमा गरेको छ । योसँगै पुष्पा २ को हालसम्मको भारतमा १२ दिनमा ग्रस व्यापार ९२९.२५ करोड पुगेको छ । पुष्पा २ ले १२ दिनमा तेलुगुमा २८७.०५ करोड, हिन्दीमा ५७३.१ करोड, तमिलमा ४९.४ करोड, कन्नडमा ६.७ करोड र मलयालममा १३.६ करोड कमाएको छ । यो संगै हिन्दी भाषामा सबैभन्दा बढी कमाई गर्ने चलचित्र स्त्री २ पछि पुष्पा २ दोश्रो स्थानमा रहेको छ । पुष्पा २ मा अल्लु अर्जुन, रश्मिका मन्डन्ना र फहद फाजिलको महत्वपूर्ण भूमिका रहेको छ । चलचित्रले दर्शकको सुरुको दिनबाटै उस्तै माया पाइरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 8 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

मुगुमा चिसो छल्न न्यानो कपडा सहयोग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कांग्रेसले नपत्याएका ३३ वर्षिय थापा शिवराजमा मेयर निर्वाचित