सरकारले अपेक्षित परिणाम दिनु नसक्नुको कारण आर्थिक संकटः गौतम

सिन्धुली । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले सरकारले अपेक्षित परिणाम दिन नसक्नु देशमा विद्यमान आर्थिक संकट भएको बताए ।

प्रेस चौतारी नेपालको आयोजनामा विहिबार सिन्धुलीमाढीमा भएको पत्रकार सम्मेलनमा बोल्दै उनले नेपालको बजेट राजस्व केन्द्रीत रहेको र चार पाँच महिनामा अपेक्षित राजस्व संकलन नभए पनि राजस्व संकलनमा सुधार आएको उनले बताएका छन । अझै पनि जनताले अपेक्षा गरेको विकास गर्न समस्या रहेको गौतमले बताए । अर्थतन्त्रमा सुधार गर्न कोशिस भए पनि मुलुकको अर्थतन्त्र अझै संकटकै अवस्थामा रहेको आर्थिक तथ्यांकले देखाएको उनले बताए ।

एमाले र कांग्रेस मिलेर २०८४ सम्म सरकारलाई स्थायीत्व दिएको बताउँदै केपी ओलीको नेतृत्वमा देशको अर्थतन्त्र पनि लयमा फर्किन सुरु गरेको बताए । ‘समयमा अर्थतन्त्रलाई लयमा फर्काउन नसकेमा ठूलो विपद हुनसक्छ भन्ने थियो त्यसैले देशका दुई ठूला राजनीतिक दलहरु एकजुट भयौं । सरकार बने लगत्तै अर्थतन्त्रमा सुधार भएको छ’, उनले भने ।

पत्रकार सम्मेलनमा बोल्दै गौतमले राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन हुने बताएका छन । संविधान संशोधनको विषय एमाले वा कांग्रेसको मात्र विषय नभएर सबैको साझा विषय भएकाले साझा सहमतिका आधारमा संविधान संशोधन गरिने उनको भनाई छ ।

नेकपा एमाले सिन्धुलीको दुधौलीमा विहिबार र शुक्रबार हुने बैठकलाई सम्बोधन गर्न सिन्धुली आएका गौतमले अहिलेको निर्वाचन प्रणालीले कुनै पनि स्पष्ट बहुमत ल्याउन नसक्ने बताउँदै यो निर्वाचन प्रणालीले दिने परिणामले स्थायी सरकार बन्न नसक्ने दावी गरे । संविधान संशोधनमा भएको ढिलाईप्रति जनताको चासो रहेको तर राष्ट्रिय सभामा रहेको अंक गणितले तत्काल संविधान संशोधन गर्न नसकिने अवस्था रहेकाले उपयुक्त समय कुर्नु परेको बताए । सहमति जुट्न नसके राष्ट्रिय सभामा बहुमत पुगेपछि संविधान संशोधन प्रक्रिया अगाडि बढ्ने उनको दावी छ ।

अहिले सडकमा सुशासन, डेलिभरी, रोजगारी र अवसरको न्यायोचित वितरण हुनुप¥यो भन्ने माग गुञ्जिरहेको बताउँदै गौतमले यसतर्फ नेकपा एमालेको गम्भिर ध्यान गएको र बहस भईरहेको जानकारी दिए ।

उनले रवी लामिछानेको मुद्दामा नागरिक र केहि मिडियाको अन्याय र न्यायको बहसले मुलुकमा अस्थिरता र अराजकता निम्ल्याउने हुँदा अनुसन्धानमा रहेका मुद्दालाई अनुसन्धान गर्न दिन समेत नागरिकलाई आग्रह गरेका छन । अनुसन्धान र अदालतलाई प्रभाव पार्ने गतिविधिमा नलाग्न समेत उनले सबैलाई अनुरोध गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 67 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

शेखरलाई १५ केजीको माला, भन्छन्– सभापति देउवासँग कुनै दूरी छैन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध भक्तपुरमा प्रदर्शन