मच्छिन्द्र क्लब कपिलवस्तु (तिलौराकोट) गोल्ड कपको सेमिफाइनलमा

कपिलवस्तु । मच्छिन्द्र क्लबले दोस्रो मुख्यमन्त्री कपिलवस्तु (तिलौराकोट) गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा स्थान पक्का गरेको छ। बिहीबारको रोमाञ्चक खेलमा मछिन्द्रले हिमालयन सेर्पालाई ३–० को फरकमा टाई ब्रेकरमा हराउँदै अन्तिम चारमा स्थान बनाएको हो ।

खेलको निर्धारित समयमा दुवै टोलीले गोल गर्न सकेनन्, जसका कारण खेल टाई ब्रेकरमा पुगेको थियो। टाई ब्रेकरमा मछिन्द्रका असीम गुरुङ, पूजन श्रेष्ठ र कप्तान सौरभ सुब्बाले गोल गर्दै टिमलाई सेमिफाइनलमा पु-याए। गोलरक्षक सन्तोष महतले हिमालयन सेर्पाका तीनै पेनाल्टीको बचाउ गर्दै मछिन्द्रको जीत सुनिश्चित गरे। मछिन्द्रको जितमा नायक बनेका सन्तोष नै ‘म्यान अफ द म्याच’ घोषित भए ।

उनले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे । अब मच्छिन्द्र क्लब फाइनलमा पुग्नका लागि नेपाल पुलिस क्लब र डिजोन्जी एफसी (सिक्किम) बिचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

प्रतियोगिता अन्तर्गत शुक्रवार थ्री स्टार क्लब र अघिल्लो संस्करणको विजेता हनामी विएफसी चितवनबिच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको उपाधि जित्ने टोलीले ११ लाख ११ हजार १११ र दोस्रो हुनेले ५ लाख ५५ हजार ५५५ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्।

तपाइको प्रतिक्रिया
(Visited 9 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

देउवाले किन बोलाए कांग्रेस शीर्ष नेताको बैठक

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गुल्मीको छत्रकोट र सत्यवतीमा एमाले विजयी