छावाले कमायो ४०० करोड, चलचित्र हेर्न मोदीको अपिल

मुम्बई । भारतीय चलचित्र ‘छावा’ले स्वदेशी तथा विदेशी बक्स अफिस राम्रो व्यापार गरिरहेको छ । चलचित्रले रिलिज भएको १३ औँ दिनमा करिब ४०० करोडको आँकडा स्वदेशी बजारमा बनाएको छ । यो चलचित्रले रिलिज भएको १४ औँ दिनमा ४०० करोडको आँकडा बनाउँदै छ ।

छत्र पति संभाजी महाराजको जीवनमा आधारित यो ऐतिहासिक एक्सन ड्रामा चलचित्र गत प्रणय दिवसको अवसर पारेर १४ फेब्रुअरीमा रिलिज भएको थियो । लक्ष्मण उतेकर निर्देशित यो चलचित्रले रिलिज भएको १३ औँ दिनमा भारतीय बक्स अफिसमा २१.७५ करोडको रुपैयाँको व्यापार गरेको छ । बुधवारसम्म यो चलचित्रको कुल व्यापार भारतमा ३८५ करोड रहेको रुपैयाँ भएको छ ।

महाशिवरात्रिमा यो चलचित्रको व्यापारमा बुधवार राम्रोसँग वृद्धि भयो । १२ औँ दिनमा चलचित्रले १८.५ करोडको व्यापार गरेको थियो । १३ औँ दिनमा चलचित्रको व्यापार बढेर २१.७५ करोड पुगेको हो । यो चलचित्रले पहिलो दिन ३१ करोड रुपैयाँको व्यापार गरेको थियो ।

यो चलचित्रको भारत बाहिर पनि त्यत्तिकै राम्रो व्यापार भइरहेको छ । चलचित्रले भारतबाहिर विश्वव्यापी रूपमा बुधवारसम्म २५० करोडको व्यवसायिक आँकडा पार गरिसकेको छ । चलचित्र छावा सन २०२५ को सबैभन्दा धेरै कमाउने भारतीय चलचित्र बन्न सफल भएको छ ।

शिवाजी सावन्तको छावा नामको मराठी उपन्यासमा चलचित्र छावा आधारित छ । लक्ष्मण उतेकरद्वारा निर्देशित, चलचित्र छावामा मराठका शासक छत्र पति संभाजी महाराजको जीवनीमा आधारित छ । यो चलचित्रमा विक्की कौशलले मुख्य भूमिका निर्वाह गरेका छन् । चलचित्रमा अक्षय खन्ना मुगल सम्राट् औरंगजेबको भूमिकामा छन् । यो चलचित्रमा रश्मिका मन्डाना, दिव्या दत्ता, डायना पेन्टीलगायतको मुख्य भूमिका छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले पनि चलचित्र छावा हेर्नको लागि दर्शकलाई अपिल गरेका छन् । उनले दिल्लीको विज्ञान भवनमा ९८ औँ अखिल भारतीय मराठी साहित्य सम्मेलनमा आफ्नो सम्बोधनमा चलचित्र छावाको खुलेर प्रशंसा गरे । कार्यक्रममा मोदीले भने,‘महाराष्ट्र र मुम्बईले मराठी चलचित्रसँगै हिन्दी चलचित्रलाई पनि यो प्रोत्साहन गरेको देखियो । यस्ता ऐतिहासिक चलचित्रले भारतीय सम्राटहरुलाई श्रव्य दृश्य मार्फत अझ जीवित राख्ने हुँदा अरू राजा महाराजाको जीवनी पनि पर्दामा ल्याउनु पर्छ ।

तपाइको प्रतिक्रिया
(Visited 23 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

देउवाले किन बोलाए कांग्रेस शीर्ष नेताको बैठक

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
रामेछापमा मतगणना स्थलमा हवाई फायरः ४ जना घाइते