दैलेखमा रुख काट्ने क्रममा च्यापिएर २ जनाको मृत्यु

दैलेख । भैरबी गाउँपालिका -५ सियाला सामुदायिक वनमा रुख काट्ने क्रममा च्यापिएर दुई जनाको मृत्यु भएको छ। गाउँमा वर्ष दिनको बरखीका लागि रुख काट्न गएका ४९ वर्षका तर्कबहादुर शाही र २७ वर्षका ईन्द्रबहादुर शाहीको सल्लाको रुख ढाल्दा रुखले च्यापिएर घटना स्थलमै मृत्यु भएको स्थानीय अगुवा देबिराम आचार्यले जानकारी दिए।

रुखले च्यापिएर दुई जनाको मृत्यु भएको खबर आएपछि प्रहरी टोली खटाइएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख सुनिल दाहालले बताए। प्रहरी प्रमुख दाहालले घाइते दुई जनालाई उपचारका लागि लैजाँदै गर्दा ज्यान गएको जानकारी दिए।

तपाइको प्रतिक्रिया
(Visited 23 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा सशस्त्रका सई पक्राउ

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
उम्मेदवारी फिर्ता लिने आज अन्तिम दिन