चरम डिप्रेसनलाई जित्दै हनी सिंहको अघि बढ्ने अठोट

मुम्बई । सफलताको चरम मात र लागू औषधको लतका कारण संसारमा धेरै कलाकारहरू पतन भएका छन् । विवादले भरिएको जीवन बिताउँदै गरेका लोकप्रिय भारतीय गायक यो यो हनी सिंह पनि पछिल्लो समय डिप्रेसनको चरम सिकार भए । पन्जाबमा जन्मिएका हनी सिंहको वास्तविक नाम हृदयेश सिंह हो । यसैबिच आज उनी आफ्नो ४२ औँ जन्मोत्सव मनाइरहेका छन् ।

करोडौँ सम्पत्तिका मालिक यी गायक केही वर्ष यताबाट प्राय घरमै चिन्तित मुद्रामा देखिन्थे । उनी यो अवस्थामा पुग्नुमा लागू औषधको सेवन, श्रीमती सँगको सम्बन्ध विच्छेद र अन्य पारिवारिक कारण बताइएको छ ।

यो यो हनी सिंह आफ्ना लोकप्रिय गीतहरूका लागि मात्र नभई आफ्नो व्यक्तिगत जीवनका लागि पनि प्रसिद्ध छन् । केही समय यताबाट प्रायः हनी सिंहको व्यक्तिगत जीवनको ’boutमा नकारात्मक चर्चा चल्दै आएको छ । यद्यपि, बदलिँदो समयमा भारतमा थुप्रै ¥यापरको उदय भए पनि हनी सिंह आफ्ना चर्चित गीतहरूका कारण अझै पनि छुट्टै पहिचान बनाउन सफल छन् ।

ब्राउन रंग, यो यो हनी, लक २८ कुडी दा जस्ता थुप्रै लोकप्रिय गीतहरू उनका छन् । ती गीतहरू अहिले पनि त्यत्तिकै बज्ने गरेका छन् । विभिन्न पार्टीमा अहिले पनि लाखौँ दर्शक हनी सिंहका गीतमा नाच्छन् । गायक र ¥यापरसँगै हनी सिंह एक राम्रा संगीत निर्माता पनि हुन् । उनले संगीतको दुनियाँमा आफ्नो अनौठो जादु फैलाएका छन् । सबैलाई फरक शैलीको उनका गीतमा नाच्न मन पर्छ ।

हनी सिंह भारतका सबैभन्दा महँगा गायकहरू मध्ये एक हुन् । सानै उमेरमा संगीतको दुनियाँमा प्रवेश गरेका हनी सिंह एक गीतकारका साथै लाइभ शो प्रस्तुतकर्ता पनि हुन् । उनले हिन्दी र पन्जाबी गीतहरू गाएका छन् । त्यत्तिकै मात्रामा गीतहरू रचना गरेका छन् । यसबाहेक उनले भारतका विभिन्न भाषाहरूमा अरूको लागि पारिश्रमिक लिएर गीत गाएका छन् । यही कारणले गर्दा उनी देशका सबैभन्दा महँगा गायकहरू मध्ये एक बन्न पुगेका हुन् ।

हनी सिंहसँग लगभग २०० करोडको सम्पत्ति छ । उनी एउटा चलचित्रको एउटा गीतको लागि लगभग ७० देखि ८० लाख रुपैयाँ लिन्छन् । हनी सिंहले गीत मात्र रेकर्ड गरेर एक महिनामा लगभग १ करोड रुपैयाँ कमाउँछन् । यसरी यी गायकले एक वर्षमा गीत रेकर्डबाटै १२ करोड रुपैयाँभन्दा बढी कमाउँछन् ।

हनी सिंहको पन्जाबमा ३ करोड रुपैयाँभन्दा बढी मूल्यको आलिसान पुख्र्यौली घर छ । यी गायकको दिल्ली–एनसीआरको गुरुग्राम क्षेत्रमा एक आलिसान घर छ । जसको मूल्य लगभग १२ करोड रुपैयाँ छ । मुम्बईमा पनि उनको घर छ । हनी सिंहसँग विलासी कारहरूको संग्रह नै छ । उनीसँग अडी, जगुआर र हार्ले डेभिडसन जस्ता महँगा बाइकहरू पनि छन्। उनसँगै २ करोड रुपैयाँ भन्दा बढीको त बाइक मात्रै छ ।

भारतीय ¥याप गायनमा यी गायकको जीवनमा एउटा यस्तो समय आयो, जति बेला उनी आफ्नो प्रसिद्धिको चरम मातमा डुब्न पुगे । उनीमा सफलताको यति धेरै घमन्ड चढ्यो की मान्छेलाई गन्न छाडे । भ्याई नभ्याइको कन्सर्ट पनि बिस्तारै पातलिँदै गयो । जसका कारण उनले कन्सर्टहरू गुमाउँदै गरे । काम घट्दै गएपछि उनी फुर्सदिला भए । संगीत सृजना गर्नुको सट्ट लागू औषधको लतमा डुब्दै गए । त्यसपछि उनी डिप्रेसनको सिकार पनि भए । यही कारण उनको पत्नीसँग पनि सम्बन्ध बिग्रँदै गएको थियो ।

गायक यो यो हनीले २०११ मा शालिनी तलवार सिंहसँग विवाह गरे । श्रीमतीले उनीमाथि आक्रमणको आरोप लगाइन् । शालिनीले हनी सिंहमाथि घरेलु हिंसा सहित धेरै गम्भीर आरोप लगाएपछि उनीहरूको सम्बन्धमा दरार आयो । यसपछि, २०२२ मा यो जोडीको सम्बन्ध विच्छेद भयो । सम्बन्ध विच्छेद पछि हनी सिंहले आफ्नी श्रीमती शालिनीलाई १ करोड रुपैयाँ नगद दिए ।

यो क्रममा हनी सिंहको श्रीमतीसँगै आफन्तहरूसँग पनि सम्बन्ध बिग्रिँदै गयो । तर गायक हनीले हार मानेनन् । चरम डिप्रेसनमा पुगेर पनि उनी बिस्तारै सामान्य जीवनमा फर्कँदै छन् । अब उनी फेरि सफलताका नयाँ उडानहरू भर्ने तयारीमा छन् । हनी सिंह आज आफ्नो ४२ औँ जन्मदिन मनाउँदै छन् ।

आफ्नो कडा परिश्रमका कारण यो यो हनी सिंह आज करोडौँको सम्पत्तिको मालिक छन् । उनीसँग पैसासँगै भौतिक सम्पत्ति पनि प्रशस्त छ । आफ्नो ४२ औँ जन्मदिनको अवसरमा यी गायकले आफूलाई अब नयाँ रूपमा अघि बढाउने बताएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 49 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रजातन्त्र नमासी राष्ट्रपतिको ठाउँमा राजा ल्याउने ज्ञानेन्द्र शाहीको उद्घोष

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
दलित वस्ती बनाउने निर्णय गर्दै मधेशकी प्रथम महिला मेयर साहले गरिन पदभार ग्रहण