दोस्रो पटक आमा बन्दै अभिनेत्री सोनम कपूर

मुम्बई । एक सन्तानको आमा भएपछि २०२३ मा चलचित्रमा अभिनय गरेकी बलिउड अभिनेत्री सोनम कपूरलाई यति बेला चलचित्रमा फर्कनको लागि प्रस्ताव आइरहेको थियो । तर यस्ता प्रस्तावलाई उनले पछिल्लो समय अस्वीकार गर्दै आएकी थिइन् । यसै क्रममा उनलले बिहीबार आफ्नो दोस्रो गर्भावस्थाको ’bout जानकारी गराएकी छिन् । त्यसैले अझै आफू केही वर्ष चलचित्रमा नआउने पनि उनले बताएकी छिन् ।

अभिनेत्री सोनमले इन्स्टाग्राममा आफ्नो बेबी बम्प देखाउँदै आश्चर्यजनक तस्बिरहरू बिहीबार सेयर गरेकी हुन् । उनले आफ्ना ती तस्बिरहरूको क्याप्शनमा ‘आमा’ लेख्दै आफू पुन दोस्रो पटक आमा बन्न लागेको संकेत इमोज मार्फत गरेकी छिन् ।

सोनम कपूरले सेयर गरेका तस्बिरहरूमा, उनी गुलाबी औपचारिक पोसाक लगाएको देखिएकी छिन् । तस्बिरहरूमा उनको बेबी बम्प देखिन्छ । धेरै सेलिब्रेटीहरूले सोनमको पोस्टमा आफ्नो तर्फबाट शुभकामना दिँदै लाइक र कमेन्ट पनि गरेका छन् ।

हालै आमा बनेकी अर्की अभिनेत्री परिणीति चोपडाले सोनम कपूरको पोस्टमा ‘बधाई’ लेखेकी छिन् । यस्तै अभिनेत्री प्रियंका चोपडाले पनि ‘शुभकामना’ लेखेकी छिन् । यस्तै अर्की अभिनेत्री करीना कपूरले ‘सोना र आनन्द’ लेखेकी छिन् । सोनम कपूरका पति आनन्द आहुजाले सोनमको यो पोस्टमा ‘डबल ट्रबल’ लेखेर खुसी साटेका छन् ।

लामो समय प्रेम सम्बन्धमा रहेपछि सोनम कपूर र आनन्द आहुजाले मे २०१८ मा विवाह गरेका थिए । उनीहरू अगस्ट २०२२ पहिलो सन्तानको अभिभावक बनेका थिए । सोनम कपूरले आफू दोस्रो पटक गर्भवती भएको जनाएकी छिन् ।

तपाइको प्रतिक्रिया
(Visited 69 times, 1 visits today)

epaper

ताजा समाचार

प्रधानमन्त्री सुशीलासँग विकेश साहको प्रश्न, ‘जेनजी हत्यारा र भ्रष्टाचारीलाई कहिले कारबाही हुन्छ ?’