धनगढी । चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारका विभिन्न माग अघि सार्दै प्राध्यापक डा. गोविन्द केसीले कैलालीको धनगढीमा सत्याग्रह सुरु गरेका छन् । डा. केसीले बिहीवार धनगढी १ स्थित कृष्णमन्दिर धर्मशालाबाट आफ्नो २४औँ सत्याग्रह सुरु गरेका हुन ।
गेटा विश्वविद्यालय सञ्चालनमा बाधा पर्ने भन्दै विरोध
सरकारसँग विगतमा भएका सहमति कार्यान्वयन नभएको, चिकित्सा शिक्षामा निजीकरण र व्यावसायीकरण बढ्दै गएको तथा स्वास्थ्य क्षेत्र सुधारका प्रयास बेवास्ता गरिएको भन्दै उनले पुनः अनशन थालेका हुन् ।
डा. केसीले चिकित्सा शिक्षालाई पूर्ण रूपमा निःशुल्क बनाउने कानुनी व्यवस्था कार्यान्वयन, निजी मेडिकल कलेजमा छात्रवृत्ति कटौती तथा सिट वृद्धि गर्ने निर्णय खारेज, चिकित्सा शिक्षा आयोगमा देखिएको स्वार्थको द्वन्द्व अन्त्य, विगतका सरकारी सहमति कार्यान्वयन, सुदूरपश्चिमलगायत सीमावर्ती क्षेत्रमा स्वास्थ्य, शिक्षा र आधारभूत सेवाको पहुँच विस्तार तथा भ्रष्टाचार र गम्भीर अपराधका घटनामा निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने माग अघि सारेका छन् ।
सत्याग्रह सुरु गर्दै उनले आफू शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको विरोधमा नभई स्वार्थप्रेरित नियुक्तिको विरोधमा रहेको स्पष्ट पारे । स्वार्थ बाझिने गरी गरिएका नियुक्ति खारेज गरी सरकारी संस्थानमा आबद्ध योग्य व्यक्तिलाई जिम्मेवारी दिनुपर्ने उनको भनाइ छ ।
उनले ३०० शय्याको शिक्षण अस्पताल पूर्ण रूपमा सञ्चालनमा आएपछि मात्रै मेडिकल विश्वविद्यालयमा पठनपाठन सुरु गर्नुपर्ने धारणा पनि राखे । आवश्यक पूर्वाधारबिना पढाइ सुरु गरिए त्यसले स्वास्थ्य शिक्षा सुधारभन्दा प्रक्रिया अल्मल्याउने काम मात्रै गर्ने उनको तर्क छ । सरकारले आफ्ना मागप्रति बेवास्ता गरेको आरोप लगाउँदै डा. केसीले माग पूरा नभएसम्म सत्याग्रह जारी रहने बताएका छन् ।
गेटा विश्वविद्यालय सञ्चालनमा बाधा पर्ने भन्दै विरोध
सरकारले गेटा मेडिकल विश्वविद्यालय सञ्चालन गर्न भर्खरै उपकुलपति र रजिस्टार नियुक्त गरेको छ । उपकुलपति प्राध्यापक सुनिलकुमार जोशीले यसै शैक्षिक सत्रदेखि एमबिबिएसमा ५० जना विद्यार्थी भर्ना गर्ने योजना रहेको बताएका छन् ।
यस्तै, मेडिकल शिक्षाको अध्यापन सुरू भएसँगै तीन सय शय्याको अस्पतालसमेत सञ्चालनमा आउने छ । तर डाक्टर केसीले सहिद दशरथ चन्द विश्वविद्यालयका पदाधिकारीको नियुक्ति बदर गर्नुपपर्ने माग राखेका छन् । विश्वविद्यालयले आगामी मंसिरबाट स्नातक तहका एमबिबिएसलगायतका विधामा अध्यापन गर्ने योजना बनाइरहँदा डाक्टर केसीले भने विश्वविद्यालय सञ्चालनको समग्र कार्य प्रभावित गर्ने हिसावले उपकुलपति र रजिस्टारको नियुक्ति बदरको माग राखेका छन् ।
सुदूरपश्चिममा अहिलेसम्म मेडिकल कलेज खुलेको छैन । सरकारले अहिले आएर गेटामा मेडिकल विश्वविद्यालय सञ्चालन गर्न खोजेको कुरामा पनि डाक्टर केसीले विमति राखेका छन् । उनले गेटामा माफियाको स्वार्थपूर्ति गर्न गेटामा मेडिकल विश्वविद्यालय जवर्जस्ती थोपरिएको आरोप लगाएका छन् ।
डाक्टर केसी र उनलाई आन्दोलनमा उतार्ने समूहलाई सुदूरपश्चिममा मेडिकल विश्वविद्यालय सञ्चालन भएको मन नपरेको कुरा प्रेस विज्ञप्तिले छर्लंग पारेको भन्दै सुदूरपश्चिममा डा. केसीको अनशनको विरोध हुन थालेको छ ।
अनशनप्रति हिजोसम्म सहानुभूति राख्दै आएका सयौं व्यक्तिहरूले केसीको अनशनले गेटा मेडिकल विश्वविद्यालय सञ्चालनमा बाधा पार्ने भन्दै डा. केसीलाई प्रत्यक्ष भेटेर तथा सामाजिक सञ्जालमार्फत आलोचना गरेका छन् । केसीले भने सर्वसाधारणको आलोचनाले फरक नपर्ने भन्दै अनशन बस्ने बताउँदै आएका छन् ।
सम्बन्धित समाचार
कनरी–फूलबारी चक्रपथमा २१० स्मार्ट सडक बत्ती जडान
उग्रतारा–मेलौली सडक कालोपत्रेले बदल्यो अजयमेरुको चमडा
टीकापुर उद्यानमा पर्यटकको आकर्षण
सुदूरपश्चिममा बजेट विवाद : उत्कर्षमा मुख्यमन्त्री शाहद्वारा एमालेका चार मन्त्री बर्खास्त
दुई वर्षपछि घर फर्किइन् बन्दना, निसर्ग अस्पतालले गर्यो ३१ लाख ५७ हजार उपचार खर्च मिनाहा
अल्पमतका मुख्यमन्त्री शाहका निर्णायक २७ दिन
‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै
कैलालीका ११ सामुदायिक वनमा अख्तियारको छापा






