सुनकोशीमा खसेको कारको खोजीका लागि सशस्त्रको गोताखोर परिचालन

काठमाडौं । सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित मध्यपहाडी लोकमार्गमा सोमबार खसेको कार र यात्रुको खोजीका लागि गोताखोरसहितको टोली परिचालन भएको छ ।

कार दुर्घटनाको खबर पाएपछि खोजीकार्यको लागि विपद् व्यवस्थापन बेश खुर्कोटबाट गोताखोरसहितको टोली परिचालन भएको हो । बेपत्ता कारको खोजीकार्यमा सो बेशबाट सशस्त्र प्रहरी निरीक्षक निरेन्द्र गुरुङको कमान्डमा गोताखोरसहितको टोली र नेपाल प्रहरीको टोली समेत परिचालन भएको हो ।

खोटाङबाट काठमाडौंतर्फ आउँदै गरेको कारलाई काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको बागमती प्रदेश ०८–००१०–०१४४ नम्बरको बसले ठक्कर दिएपछि कार सडकबाट अन्दाजी ३० मिटर तल सुनकोशी नदीमा खसेको बताइएको छ ।

सो कारमा सवार सोही गाउँपालिका–५ बस्ने पूर्णबहादुर तामाङ, सोही जिल्लाको गोलन्जोर गाउँपालिका–१ बस्ने २८ वर्षीय गणेश थापा र वतन नखुलेका अर्का एक जना रहेको बताइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 33 times, 1 visits today)

epaper

ताजा समाचार

जयपृथ्वी राजमार्ग : वर्षौंदेखि बझाङबासीको जोखिमयुक्त नियति