सप्तरी । अघिल्लो दिन राती खाना खाएर सुतेका एक बालक बिहीबार बिहान मृ*त अवस्थामा फेला परेका छन ।
रुपनी गाउँपालिका २ स्थित कन्छुनरप्रताप माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत सोही वडाका १४ वर्षिय आदित्य कुमार मण्डल आफ्नै कोठामा मृ*त अवस्थामा फेला परेका हुन् ।
प्रहरीका अनुसार उनी सुत्ने कोठामा झु*ण्डि’एको अवस्थामा बिहीबार बिहान फेला परेको छ । बिहान अबेर सम्म ढोका भित्रबाट बन्द देखेपछि परिवारजनले झ्याल खोलेर हेर्दा छोरा पासो लगाई झु*ण्डि’एको अवस्थामा देखिएको बुबा सोभितलालले बताए ।
उनका अनुसार त्यस्तो दृश्य देख्ना साथ प्रहरीलाई खबर गरिएको थियो । घटना थाहा पाए लगत्तै पुगेको प्रहरी टोलीले आवश्यक कानुनी प्रक्रिया पश्चात् मृ’त’कको शव पोष्टमार्टमका लागि स्थानीय गजेन्द्र नारायण सिंह अस्पातल पु-याई थप अनुसन्धान गरिरहेको प्रहरी उपरिक्षक रुपक खडकाले बताए ।
कोठाको ढोका भित्रबाट बन्द अवस्थामा रहेको तथा प्रारम्भिक अनुसन्धानले आत्महत्या देखिएको प्रहरीको भनाई छ । मृ*त’कका बुबा सोभित गाउँकै सरस्वती प्राथमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुन् । उनले कुनै तनावमा नदेखिएका छोरा राती खाना खाएर सुतेको र बिहान झु*ण्डि’एको अवस्थामा फेला पर्दा पुरै परिवार शोकमा डुबेको बताए ।
तिहारको मुखमा भएको अकल्पनीय घटनाको पीडाले आफ्नो संसार नै डुबाएको उनले सुनाए । स्थानीयवासी एवं समाजसेवी दुर्गानन्द ठाकुरले छोरा गुमाएको शोकमा बिक्षित बनेका मण्डल परिवारलाई सम्हाल्न छिमेकीलाई हम्मे हम्मे परेको सुनाए । उनले पोष्टमार्टम पश्चात् बिहीबार नै आफन्तले शव बुझेको तथा अन्त्येष्टिको तयारीमा जुटेको जानकारी समेत दिएका छन् ।
सम्बन्धित समाचार
ग्राहक बनेर आएका चोरबाट नाटकीय ढंगले चोरी
गोलबजार झडप : वडाध्यक्ष सोहेव अनवर पक्राउ
जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा, प्रधानमन्त्रीको भारत भ्रमणमा उद्घाटन हुने
सडक दुर्घटनामा प्रहरी जवानको ज्यान गयो, श्रीमती गम्भीर घाइते
बिद्यालयको छानामा ताप परावर्तक रङ र इन्सुलेसन जडान
मधेसमा नयाँ सरकार गठन गर्न तीन दलबीच छलफल
फेटा घटनाका घाइते आदित्यलाई थप उपचारका काठमाडौं लगियो
बिस्कोको सकृयता तीन दशक नजिक





