काठमाडौं । स्थानीय बजारमा आज मंगलबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सोमबार सुन तोलाको दुई लाख ४७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अघिल्लो दिनको भन्दा ५०० रुपैयाँ बढी हो । हिजो सोमबार सुन तोलाको दुई लाख ४७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
आइतबार भने सुन तोलाको २ लाख ४२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । गत शुक्रबार सुनको मूल्य तोलामै १२ हजार २०० रुपैयाँले घटेर दुई लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । बिहीबार सुन प्रतितोला दुई लाख ५७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज मंगलबार चाँदी तोलाको तीन हजार १४५ रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ३५ रुपैयाँ बढी हो । हिजो सोमबार चाँदी तोलाको तीन हजार ११० रुपैयाँमा कारोबार भएको थियो ।
आइतबार चाँदी तोलाको ३ हजार ६५ रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार चाँदी तीन हजार ११० र बिहीबार प्रतितोला तीन हजार ३३५ रूपैयाँमा कारोबार भएको थियो ।
सम्बन्धित समाचार
मकै र भटमासको मूल्य वृद्धि : पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
सुगन्ध हराउँदै रैथाने बासमतीमा, खेतमा हाइब्रिडको वर्चस्व
३०० रुपैयाँको समान किनेका सूर्यविनायकका राम श्रेष्ठले जिते १० लाख रुपैयाँ पुरस्कार
यी हुन् यो वर्षका उत्कृष्ट करदाता
नेपालको सार्वभौम क्रेडिट रेटिङ अंक बढेर ३.६६ पुग्यो
सुनको मूल्य तोलामै १२ हजार २०० रुपैयाँले घट्यो, चाँदीको पनि घट्यो
सुनचाँदीको मूल्यमा आज पनि गिरावट, कतिमा भइराखेको छ कारोबार ?
कोरला नाकाबाट चार महिनामा सात हजार विद्युतीय सवारीसाधन आयात





