अभिनेता अर्जुन रामपाल लागू औषध काण्डमा

मुम्बई । बलिउड अभिनेता अर्जुन रामपाल यतिबेला पक्राउ परेका छन् । उनको घरमा छापा मार्ने क्रममा केही लागूऔषध भेटिएपछि उनलाई पक्राउ गरेको हो । पक्राउपछि उनलाई भारतको नार्कोटिक कन्ट्रोल ब्युरोले प्रहरीमार्फत पक्राउ गरेको हो ।

यी अभिनेतालाई पक्राउपछि सो ब्युरोले पहिलो चरणको बयान लिएको छ । उनीसँगै प्रेमिका गैब्रिएलालाई पनि ब्युरोले सोधपुछ गरेको छ । लागूऔषधको रूपमा प्रयोग हुने औषधि उनीहरूको घरमा भेटिएपछि यी दुईलाई प्रहरीले पक्राउ गरेर बयान लिएको हो ।

उनीहरूलाई अर्को बयान लिने सर्तसहित अहिले सो ब्युरोले छाडेको छ । उनीहरूले अहिलेसम्म अपराध स्वीकार गरेका छैनन् । त्यसैले बयान र अनुसन्धान जारी रहेको पनि सो ब्युरोले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 281 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

को सफल को असफल ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बिवेकशीलले काठमाडौं महानगरकाे मेयर/उपमेयरमा दुबै महिला उम्मेदवार उठाउने