संसद विघटन गर्ने ओलीलाई किन भोट दिने : देउवा


टीकापुर(कैलाली) । सत्ता गठबन्धनका नेताहरुले मुलुकको समग्र परिवर्तन गठबन्धनबाटै सम्भव भएको बताएका छन् । कैलालीको धनगढीमा सोमबार आयोजित आमसभालाई सम्बोधन गर्दै गठबन्धनबाटै संविधान र लोकतन्त्रको रक्षाका लागि गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरे ।

सभामा बोल्दै नेपाली काँग्रेसका सभापति एवं प्रधानन्त्री शेरबहादुर देउवाले मुलुकको समग्र विकास र सम्बृद्धिका लागि गठबन्धन आवश्यक भएकोले गठबन्धनका उम्मेदवारलाई जिताउन आवश्यक रहेको बताए ।

उनले संविधान अनुसार मनपरी किसिमले संसद विघटन गर्न मिल्दैन भन्दै एमाले अध्यक्ष केपी ओलीले दुई पटक संसद विघटन गरेर ठूलो गल्ती गरेको बताए । संसद विघटन गरेर मुलुकलाई अस्थिरता तर्फ धकेल्न खोजेपछि संविधान र लोकतन्त्रको रक्षाका लागि गठबन्धन बनेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले प्रश्न गर्दै भने,‘संसद विघटन गर्नका लागि ओलीको पार्टीलाई मत दिने ?’

उनले भने, ‘एमाले अध्यक्ष ओलीको पार्टीलाई मत दिएर जितायो भने ओलीले संसद विघन गरिदिन्छन्, स्थानीय तहलाई पनि भंग गरिदिन्छन्, त्यस कारण गठबन्धनका उम्मेदवारलाई मत दिएर जिताउनुहोस् । संसद विघटन गरेका ओलीले संसद चल्न नदिएको उनले बताए ।

प्रधानमन्त्री देउवाले बागी उम्मेदवारका कारणले नेपाली काँग्रेस विगतमा हारेको स्मरण गराउँदै भने बागी उम्मेदवारले उम्मेदवारी फिर्ता लिएन भने कारबाही हुनेछ ।

सभालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनले देशलाई दुर्घटनाबाट बचाएको दाबी गरे । ‘कोही कसैले भ्रममा नपरे हुन्छ, गठबन्धनले देशलाई दुर्घटनाबाट बचाएकै हो, उनले भने, ‘भोलिका दिनमा पनि देशमा हुनसक्ने राजनीतिक दुर्घटनाबाट बचाउने प्रतिवद्धता गरेको छ ।’ गठबन्धनलाई सिध्याउनका लागि सुरुदेखि नै एकथरी तत्व लागेको दाहालले बताए ।

‘अहिले पनि ती तत्वहरु कुनै न कुनै रुपमा लागेका छन्,’ उनले भने, ‘शेरबहादुर देउवा, मेरो र माधव नेपालको बीचमा असमझदारी बनाउका लागि निकै ठूलो कसरत भइरहेको छ।’ काँग्रेस सभापति देउवालाई दृढताका साथ गठबन्धनको पक्षमा लागेको भन्दै धन्यवाद दिए ।

उनले २०१७ साल दोहर्याउने प्रयास गरिएकाले सडक र सदनभित्र यो गठबन्धने संघर्ष गरे प्रतिगामी तत्वलाई किनारा लगाएको बताए । उनले एमालेले गरेको संसद अवरोधका कारण महत्वपूर्ण विधिेयकमाथि छलफल हुन नदिएको आरोप लगाए ।

एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमालले एमाले अध्यक्ष केपी ओली प्रति लक्षित गर्दै ओली काल्पनिक विकासका सुत्रधार भएको टिप्पणी गरे । उनले एमाले सर्बसत्तावादी चिन्तनबाट ग्रसित भएकोले त्यसको विरुद्धमा पाँच दलिय गठबन्धन बनेको बताए ।

तपाइको प्रतिक्रिया
(Visited 390 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘दुर्बासा’ पत्रकार !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बर्दगोरिया अध्यक्षमा एमाले र उपाध्यक्षमा माओवादी विजयी