परिवार, समाज र आत्महत्याका घटना

विभिन्न व्यक्तिगत, सामाजिक तथा संवेदनात्मक र महामारीका कारण एकपछि अर्काे गर्दै आत्महत्याका घटनाको ग्राफ उकालो चढ्दै छ । ’cause, घटनाको छानबिनबाट न केही निचोड आयो न त भविष्यमा आत्महत्या घटाउने कुनै सचेतनाका कार्यक्रम आजसम्म फलदायी रूपमा सञ्चालन भएका छन् ।

भयानकता : विश्व स्वास्थ्य संगठनको आकलनमा विश्वमा वार्षिक ८ लाख बढीले आत्महत्या गर्ने गर्दछन्, जसमा न्यून तथा मध्यम आय भएका राष्ट्रका ७९ प्रतिशत पर्दछन् । आत्महत्या १५ देखि २९ वर्ष उमेर समूहमा मृत्यु हुने दोस्रो ठूलो संख्या हो ।

हरेक एक आत्महत्यापछि १६ भन्दा बढी आत्महत्याका प्रयास हुन्छन् भने सोच्ने सयौं गुणा बढी हुन्छन् । विश्वभरिका हरेक मानिसले आफ्नो जीवनकालमा मानसिक तनाव, अस्वस्थताको व्यक्तिगत रूपमा अनुभव गरेका हुन्छन् भने नेपालजस्तो मुलुक, त्यसैमाथि सामाजिक मौनताले यो समस्या आधाभन्दा बढी जनसंख्यामा जरो गाडी विकराल बनिरहेको छ र त दैनिक आत्महत्याका घटना घटिरहेका छन् ।
विश्व स्वास्थ्य संगठनका अनुसार संसारका झन्डै एक चौथाइ मानिसलाई जीवनको कुनै खण्डमा मानसिक तथा स्नायुसम्बन्धी रोगले सताउँछ । तथापि सबैलाई औषधि र चिकित्सक परामर्श चाहिँदैन र चाहिए पनि समस्या समाधान गर्न नसकी रोगवरण गर्नु नै उनीहरूको बाध्यता बन्ने गरेको छ । झन्डै ४० अर्ब कोषबाट बनेको मस्तिष्कमा लाग्ने मानसिक रोगलाई रोग र इलाजका सम्बन्धमा विश्वस्त नभएकाले ब्ल्याक बक्स डिजिज पनि भनिन्छ । आत्महत्या मानसिक स्वास्थ्यसँग जोडिएको विषय भए पनि हाल राज्यको सामाजिक सुरक्षा नीतिसँग जोडिएको छ ।

प्रेम, सद्भाव, स्नेह र वात्सल्यले बाँधिएको परिवार र समाजको सिर्जना गर्न हामी उत्प्रेरित हुनुपर्छ


विश्वमा ३० करोड संख्यामा रहेका डिप्रेसनमा हरेक ४० सेकेन्डमा एक जनाले ज्यान गुमाइरहेको तथ्याङ्क छ । सन् १९९० मा मानिसलाई पिरोल्ने रोगमा चौथो र सन् २०२० सम्ममा दोस्रो रोग हुने अनुमान छ ।

नेपालमा आत्महत्या : नेपाल प्रहरीका अनुसार हरेक दिन १६ बढी आत्महत्या हुन्छ । आत्महत्या गर्नेमा ५६ प्रतिशत युवा पर्दछन् । जुन आपराधिक क्रियाकलापबाट हुने कुल मृत्युको ४५ प्रतिशत हो । कारणमा प्रथमतः असफल प्रेम देखिएको छ । बर्सेनी आत्महत्या ८ प्रतिशतले बढ्दो छ । आत्महत्याको कारण १५ प्रतिशत पारिवारिक कलह, ७ दशमलव ५ गरिबी, ५ प्रतिशत प्रेममा धोका, ३ दशमलव ७ प्रतिशत व्यावसायिक तनाव, २ दशमलव ५ प्रतिशत असफलता, २ प्रतिशत आर्थिक लेनदेन, १३ प्रतिशत सामाजिक सञ्जाल, २४ प्रतिशत आवेग, १५ प्रतिशत नैराश्यता, मानसिक दीर्घरोग र २४ प्रतिशत कारण नखुलेको आत्महत्या दर्ता भएका छन् ।

नेपालमा हुने आत्महत्यामा ९० प्रतिशत मानसिक रोगी भएको र ८७ प्रतिशत जनसंख्यामा आत्महत्याको सम्भावना रहने विशेषज्ञ बताउँछन् । १५ देखि ४० वर्ष उमेरका प्रायः पुरुषहरूले गरिबी, निराशा, बेरोजगार, असफल प्रेम, बलात्कार, बालबच्चाको पालनपोषण र उपचार गर्न नसक्नु, अंशबण्डामा किचलो, जुवातास, अत्यधिक मद्यपान, वेश्यावृत्ति, यातना र मानसिक विक्षिप्त भएका कारण आत्महत्या गर्ने गरेको नेपाल प्रहरीको दाबी छ ।

आत्महत्या गर्दा विष खाएर, आगो लगाएर, झुन्डिएर, हतियारको प्रयोग गरेर, खोलानदीमा वा अग्लो स्थानबाट हाम फालेर, करेन्ट लगाएर, डुबेर आदि देखिइएका छन् । आत्महत्या दर्ताको असहज प्रक्रिया, कानुनी झन्झट, परिवारमा देखिने सामाजिक दोषको भाव, यसप्रतिको गलत धार्मिक विश्वास, सामाजिक असहयोगका कारण बताइएभन्दा २÷३ गुणा बढी आत्महत्याका घटना हुने कारण भेटिएका छन् नेपालमा । आत्महत्या गाउँको तुलनामा सहरमा बढी हुन्छ ’cause सहरिया जीवन व्यक्तिवादी, अन्तर्मुखी, आत्मकेन्द्रित र हामी भन्ने भावना नहुनु हो । विधवा र विदुर विवाहितका तुलनामा बढी आत्महत्या गर्दछन् । एकान्त जीवन, अन्तर्मुखी, हीनताबोधी व्यक्तिहरू समाजबाट टाढा रहने, घुलमिल नहुनेले आत्महत्याको सहारा लिन्छन् ।

समाजमा आत्महत्यालाई व्यक्तिगत कमजोरीका रूपमा लिइए पनि आत्महत्याको रोजाइ सामाजिक परिबन्दका कारण हुन जान्छ


वीर अस्पतालबाट १९६१ मा ओपीडीबाट सुरु भएको सेवा, तत्पश्चात् सैनिक अस्पताल, कोसी, भरतपुर, वीरगन्जमा नाम मात्रको सेवा सन् १९९७ अर्थात् २०५३ मा मानसिक स्वास्थ्यसम्बन्धी नीति बनेको थियो ।

वातावरण : ठूलो सामाजिक, आर्थिक वा राजनीतिक परिवर्तनबाट गुज्रेको समाजमा आत्महत्याको प्रकोप बढ्ने खतरा हुन्छ । बढी धुम्रपान, मद्यपान र नशालु पदार्थको सेवन गर्ने समाजमा पनि आत्महत्या बढी हुन्छ । ’cause, दलित, पिछडिएका तथा सामाजिक र भौगोलिक रूपमा उपेक्षित समुदायमा कुलत बढी छ र त्यहाँ आत्महत्या दर पनि बढी छ । हरेक आधारभूत कारक तŒवमा सामाजिक विघटन, अस्तव्यस्तता, असाधारण सामाजिक जालो, प्रेम सद्भावको अभाव र व्यक्ति र समाजबीच समन्वय र सहकार्यको अभाव, नयाँ परिस्थितिसँग हेलमेल हुन नसक्नु, नयाँ चुनौतीको सामना गर्न नसक्नु पर्दछन् ।

सरकारी तथ्याङ्कमा ४३ प्रतिशत बेरोजगारी छन्, एकचौथाइ जनता गरिबीको रेखामुनि छन् । राजनीतिक अस्थिरताले हरेक क्षेत्रमा पारेको नकारात्मक असर, बेरोजगारी र गरिबी बढ्दो, चाकडी चाप्लुसी र पहुँचवालाको बोलवालाले आमनागरिकलाई झन् निराशा बनाएको छ । धेरै विदेसिएका छन् तर ती पनि आत्महत्या रोज्न बाध्य छन् । समाजमा आत्महत्यालाई व्यक्तिगत कमजोरीको रूपमा लिइन्छ, तर यो सत्य होइन । धेरैको आत्महत्या रोजाइ होइन, सामाजिक परिबन्द हो ।

मिडिया भाइरस : कोभिड’bout सामाजिक सञ्जालमा फैलिएको हल्लाले मानसिक रोगीमा धेरै डर पैदा गरिदियो । औषधि खाएर सामान्य हुँदै गएकामा पनि डरले रोग बल्झिँदै गयो । भ्रामक टिप्पणीहरू जति हेर्छन्, उति नै आत्तिने र आउने गरेका मनोचिकित्सक बताउँछन् । मास्क पाउँदैन, स्यानिटाइजर नभए रोग सर्छ जस्ता सोचाइले रोग बढाएका थिए । रुघाखोकी, ज्वरो हुने बित्तिकै कोरोनाकै शंकामा टेकु अस्पतालमा दैनिक २ सय बढीको भिड लाग्यो । चीन, इटली या कोरोना फैलिएको देशबाट फर्किएका या त्यस्ता व्यक्तिको सम्पर्कमा आएपछि खोकी, ज्वरो लाग्लाजस्तो भयो भन्ने धेरै भए । नजिकैको स्वास्थ्य संस्थामा मनोपरामर्श वा योग व्यायाम गरेर तनाव कम गर्न सकिन्थ्यो तर त्यो भएन ।

विश्व स्वास्थ्य संगठनले त यस्ता अफवाहपूर्ण पत्रु सूचना र जानकारीको महामारी नै फैलिएको र यसको उचित नियन्त्रण गर्न नसकेमा कोरोनाको विश्वव्यापी महामारी नियन्त्रणमा समेत समस्या हुने निक्र्याेल गर्दै निगरानीका निम्ति कार्यदल नै बनायो भने सामाजिक सञ्जाल गुगल, ट्विटर, युट्युब, भाइबर, ह्वाट्सएप, फेसबुकले पनि नियन्त्रणका लागि प्रभावकारी कदम चालेका थिए । तथापि पूर्ण रूपमा नियन्त्रण हुन सकेन । विषम परिस्थितिमा सूचना प्रसार कसरी गर्ने भन्ने ज्ञान नभएको, सरकारी तहबाट व्यवस्थित सूचना प्रसार नभइरहेका अनि सामाजिक सञ्जालमार्फत् प्रसारित अपुष्ट सूचनामा छिट्टै विश्वास गर्ने समाज रहेका कारण अफवाहको सङ्क्रमण झनै तीव्र हुने खतरा रहन्छ ।

रोगको सङ्क्रमणले सबैभन्दा मानसिक असर पु¥याउने स्वास्थ्यकर्मीलाई हो । ’cause, अस्पतालमा २४ सै घण्टा काममा रहनुपर्छ, छुट्टीमा बस्न पाउँदैनन् । आफूमात्र नभई बिरामीलाई बचाउने बढी तनावमा हुन्छन् । निद्रा, आराम, व्यायाम, आधारभूत आवश्यकता खाना, पानी र आवासकै नियमितता हुँदैन । परिवार, घर र समाजबाट टाढा भइरहेका हुन्छन् । धूम्रपान, मद्यपान र लागु पदार्थको लतमा रहने सम्भावना रहन्छ ।

अन्तमा, आत्महत्या गर्नुभन्दा अगाडि समाज र परिवारबाट आवश्यक सहयोग खोजेका हुन्छन्, आत्महत्या सहायताविहीन सामाजिक अवस्थाको परिणाम हो । प्रमुख कारक समाज नै हो । तसर्थ, नैतिकवान् समाजको सिर्जना गरिनु पर्दछ । जसका लागि साक्षरता, नैतिक शिक्षा र सामाजिक सुरक्षालाई राज्यले प्राथमिकता दिनुपर्ने हुन्छ । प्रेम, सद्भाव, स्नेह र वात्सल्यले बाँधिएको परिवार र समाजको सिर्जना गर्न हामी उत्प्रेरित हुनुपर्दछ । आत्महत्याबाट जोगाउन सामाजिक सुरक्षाको प्रत्याभूति गर्ने राज्यको दायित्व त छ नै त्यसबाहेक समाज र घरपरिवारको महŒवपूर्ण सहयोग र भूमिका रहन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 610 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

इलाममा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न, सम्भव भए आजै मतगणना

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोखरमा गठबन्धनले सार्वजनिक ग-यो चुनावी घोषणापत्र