कोरोना भाइरसको सन्त्रास : भारतबाट फर्किने नेपालीको लर्को


धनगढी। कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ९ का रमेश विक रोजगारीका लागि भारतको चेन्नाई जाने गरेका छन् । उनी चार वर्षदेखि ओहोरदोहोर गर्दै आएका थिए । अहिले विश्वभरी महामारीका रुपमा कोरोना भाइरस फैलिएपछि उनी घर फर्किए ।


कैलालीको धनगढीस्थित त्रिनगर नाकामा रहेको ‘हेल्थ डेस्क’ मा स्वास्थ्यकर्मीले उनको ‘थर्मल गन’ (शारीरिक तापक्रम नाप्ने उपकरण) जा“च गरे । ‘कमाउनका लागि नियमित रुपमा भारत जाने गरेको छु । अहिले भारतमा कोरोना भाइरसको त्रास भयावह हु“दै गयो’ उनले भने– काम गर्न सक्ने वातावरण रहेन । कुनै विकल्प नभएपछि घर फर्किए । उनले कोरोना भाइरसको त्रास नहटेसम्म भारत रोजगारीमा नजाने बताए ।


डडेल्धुराका पदमबहादुर कार्की भारतको बैंग्लोरमा एक होटलमा काम गर्दै आएका छन् । उनी कोरोना भाइरसको त्राससंगै घर फर्केका छन् । उनले भने– भारतमा अहिले काम गर्ने वातावरण छैन । केही होटल, विद्यालय लगायत आंशिक रुपमा बन्द रहेको छ । उनले कोरोना भाइरसको त्रास नसकिएसम्म घरमै बस्ने बताए ।
भारतकै नया“दिल्लीमा एउटा होटलमा काम गर्दै आएका कैलालीको गोदावरी नगरपालिकाका प्रेम रावल पनि घर फर्केका छन् । उनले भने– होटलहरू बन्द भए । त्यहा“ खाली बस्नुभन्दा घर फर्किए ।


बैतडीका भरत राणा दुई वर्षदेखि भारतमा फिल्म मेकिङ सम्बन्धी अध्ययन गरिरहेका छन् । ‘अहिले भारतका शैक्षिक संस्थाहरू बन्द छन्’ उनले भने– कोरोना भाइरसको त्रास पनि थियो । नया“ वर्षसंगै सुदूरपश्चिम प्रदेशबासीले हर्षोल्लासका साथ मनाउ“दै आएको विषु पर्व पनि नजिकिएकोले घर फर्केको हु ।
कैलालीको त्रिनगर नाकाबाट अहिले दैनिकजसो दुई हजार बढि मानिस नेपाल फर्किरहेका छन् । हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मी दिनेश ठकुल्लाले भने– दैनिक एक हजार पा“च सयदेखि दुई सय मानिस नाकाबाट प्रवेश गरिरहेका छन । त्यसमा अधिका“स भारत रोजगारमा गएका नेपालीहरू नै रहेका छन् ।


उनले अहिलेसम्म स्वास्थ्य चेकजा“चका क्रममा कसैमा पनि कोरोना भाइरस भाइरसको संक्रमण नदेखिएको बताए । रोजगारीका क्रममा भारतका विभिन्न ठाउ“मा रहेका नेपालीमध्ये धेरैजसोले कोरोना भाइरसको सन्त्रासबाट घर फर्किएको बताउने गरेका छन् । यसरी घर फर्किनेमा कैलाली, अछाम, बैतडी, डडेल्धुरा, डोटी लगायत जिल्लाका बासिन्दा रहेका छन् ।


भारतमा केही नेपाली कामदारलाई कामबाट निकालिएको छ । तीमध्ये कतिपयलाई फेरि काममा फर्किन भनिएको छ भने कतिपयले रोजगारी नै गुमाएका छन् । भारतको मुम्बईमा एक होटलमा कार्यरत अछामका विकास धामीलाई केही समयपछि काममा आउनु भनिएको छ, तर कहिलेसम्म काममा फर्किने भन्ने कुरोको ठेगान छैन ।


ग्राहकको संख्या घटेस“गै उनीलगायत धेरै कामदारलाई होटल व्यवस्थापनले केही समयका लागि बिदा दिएको छ । सो होटलमा कुकमा कार्यरत उनी खाली समयको सदुपयोग गर्न घर फर्किएका छन् । ‘एकातिर बिदाको समय अर्कोतिर कोरोना भाइरसको हल्ला फैलिन थालेपछि घर फर्किए“’, उनले भने, ‘म जस्तै धेरैलाई बिदा गरिएको छ ।’
यसरी घर फर्किनेमा भारतका महाराष्ट्र, मुम्बई, हैदरावाद, बैगलोर, चेन्नाई, गुजरात, लखनऊ, सुरतलगायत शहरबाट धेरै रहेको पाइएको छ । सीमा क्षेत्रमा घर फर्किने नेपालीको संख्या बढेस“गै चुनौतीसमेत थपिएको छ ।


धनगढीको त्रिनगर नाकाबाट मात्र होइन कैलालीकै टीकापुरको खक्रौला नाकाबाट पनि नेपालीहरू प्रवेश गरिरहेका छन् । खक्रौला भन्सार कार्यालयका प्रमुख रामचन्द्र शर्मा ढकालले पहिलेको तुलनामा चहलपहलमा कमी आए पनि मानिसको ओहोरदोहोर नरोकिएको बताए । कोरोना भाइरसको सन्त्रास बढेपछि टीकापुर नगरपालिकाले फागुन २४ गतेबाट खक्रौलामा रहेको सहायता कक्ष ‘हेल्थ डेस्क’ मार्फत भारतबाट आउने नेपालीको स्वास्थ्य जा“च गर्न थालेको छ ।


प्रदेशकै अर्को मुख्य नाका कञ्चनपुरको गड्डाचौकीमा पनि अहिले चहलपहल बढेको छ । कञ्चनपुर प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले गड्डाचौकी नाकाबाट दैनिक चार हजार मानिस प्रवेश गरिरहेको बताए । उनले नाकाबाट प्रवेश गर्नेमा अधिका“स नेपाली रहेको बताए । उनका अनुसार शनिबार गड्डाचौकीबाट पा“च हजार छ सय आठ, आइतबार तीन हजार सात सय ६९ र सोमबार चार हजार सात सय ७१ जना प्रवेश गरेका थिए । त्यस्तै, मंगलबार सा“झसम्म तीन हजार सात सय सो नाकाबाट प्रवेश गरिसकेका थिए ।


‘मास्क’ र ‘थर्मल गन’ को भर


धनगढीको त्रिनगर नाकामा खटिएका स्वास्थ्यकर्मी दिनेश ठकुल्लाले मुखमा मास्क र हातमा थर्मल गन समाएर बसेका थिए । उनले भने– यही थर्मल गनका भरमा कोरोना भाइरस संक्रमणको पहिचान गर्नुपर्ने अवस्था रहेको छ । त्रिनगर नाकामा हजारौ व्यक्तिको चेकजा“च गर्न दुई वटा थर्मल गन मात्र प्रदान गरिएको छ । त्यस्तै, कोरोना भाइरसको संक्रमणको शंका लागेमा उपचारका लागि छेउमै दुई कोठे घरलाई आइसोलेसन वार्डका रुपमा बनाइएको छ ।


त्रिनगरमात्र होइन कञ्चनपुरको गड्डाचौकी नाकामा दुई वटा थर्मल गन उपलब्ध गराइएको छ । सो नाकामा आइसोलेसन वार्ड नराखिएको बताए । प्रजिअ नुरहरी खतिवडाले भने– ‘गड्डाचौकी यस प्रदेशको सबैभन्दा चहलपहल हुने नाका हो, तर यहीको व्यवस्थापन कमजोर देखिन्छ ।’ उनले हेल्थ डेस्कमा स्वास्थ्यकर्मी र आवश्यक उपकरणको पनि अभाव रहेको बताए । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी खतिवडाले हेल्थ डेस्कलाई थप सुदृढ गर्दै लैजाने प्रयास भए पनि आवश्यक उपकरणहरू प्राप्त गर्न नसकेको गुनासो गरे ।


उनले भने– दैनिक चार हजार बढी भारतीय यस नाकाबाट नेपाल प्रवेश गर्छन, तर त्यहा ‘थर्मल गन’ (मानिसको तापक्रम चेकजा“च गर्ने उपकरण) दुई वटा मात्र छ । हामीले अझै ‘थर्मल गन’ थप्ने भनेका थियौ, तर अभाव रहेको छ ।’
प्रमुख जिल्ला अधिकारी खतिवडाले ‘हेल्थ डेस्क’ लाई सुदृढ र व्यवस्थित बनाउन रकमको अभाव नभए पनि त्यसले मात्रै समस्या समाधान नहुने बताए । उनले भने– ‘संघ, प्रदेश र स्थानीय सरकार सबैले माग अनुसारको रकम दिन्छु भनेका छन्, तर रकमले चेकजा“च त हुने होइन् ।’ उनले कोरोना भाइरस भाइरसको जोखिम गड्डाचौकी नाकामा रहेको बताए ।

तपाइको प्रतिक्रिया
(Visited 245 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

अख्तियार प्रमुख राई आफैंले गरेको निर्णय देखेनन्

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोखराको मेयरमा २८ र उपमेयरमा ११ को मनोनयन