संस्कृतिविदबाट सिक्नुपर्ने संस्कृति

वाङ्मय शताब्दी पुरुष एवं संस्कृतिविद् सत्यमोहन जोशीले हामी नेपालीका लागि संस्कार छाडेर गएका छन् । उनी हामीमाझ सदैव रहन नसके पनि उनले हामीमाझ संस्कृतिको नासो छाडेर गएका छन् । उनले छाडेको यो नासोबापत हामीले श्रद्धाञ्जली दिएर र पुष्पगुच्छा चढाएर मात्र हाम्रो कर्तव्य पूरा हुँदैन । हामीले उनको विचार, आचरण र जीवनपद्धतिलाई स्वीकार गरी आप्mनो जीवन व्यवहारमा लागू गर्न सक्नु पर्छ । उनले नेपाली संस्कृति तथा कला साहित्य क्षेत्रमा दिएको योगदानको कदर गर्ने भनेकै उनले अवलम्बन गर्न सकेको आचार विचार नेपाली जीवनमा लागू गर्न सिक्नु र सक्नु हो । साहित्यकार, कलाकार, संस्कृतिविद् तथा विभिन्न पेसाका आबद्ध व्यक्तिहरूले आज ठूलो क्षति भएको अनुभूत जसरी गरिरहेका छन्, त्यसरी नै स्व. जोशीका असल विचारहरू जीवनमा पछ्याउन प्रयास गरिनु पर्छ । संस्कृतिविद् जोशी जिउँदो छँदा जति धेरै नेपाल र नेपालीका लागि योगदान दिए, जीवनपछि पनि आफ्नो पार्थिव शरीर मेडिकल प्रयोगशालामा सुम्पिएर मानवजातिका लागि आफ्नो पार्थिव शरीर उपयोग र ज्ञानका लागि अर्पण गरेका छन् ।

अहिले, केमिकल प्रयोग गरेर जोशीको शरीर अक्षत बनाइएको छ । किस्ट मेडिकल कलेजले प्रयोगात्मक अध्ययनका लागि यसको जिम्मा लिएको छ । जीवनकालमा निरन्तर तीनपटकसम्म मदन पुरस्कार हात पारेका जोशी विविधतामा आधारित नेपाली लोक संस्कृतिका धरोहर नै हुन् । जोशी आफैंमा स्रष्टा पनि हुन् । उनीभित्र नेपाली विविधता अटाउन सकेको छ । स्रष्टाका हिसाबले जोशी निबन्धकार, नियात्राकार, समालोचक, कोशकार, काव्यकार, नाटककार, कथाकार, अनुवादक र सम्पादक पनि हुन् । उनी सरल भाषा अनुवादक पनि हुन् । उनीभित्र सिर्जनाको प्रादुर्भाव हुँदा पुष्कर शमशेर, लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम आदिको संगत गर्ने मौका पाएका थिए । नेपाली, हिन्दी, अंग्रेजी र संस्कृत भाषा साहित्यप्रति उनको गहिरो झुकाव र लगाव भएका कारण उनमा सिर्जनाको विराट रुख झाँगिने अवसर पाएको थियो । पारिवारिक झमेला, जागिरे जीवन आदिका बाबजुद पनि जोशीले साहित्य सिर्जनालाई निरन्तरता दिन भुलेनन् । विदेश यात्राले उनको लेखनीमा थप निखार ल्यायो । उनले नियात्रा लेखनलाई पनि गति दिन थाले । उनले पुरातत्वका क्षेत्रमा काम गर्दा विभिन्न मन्दिर, धार्मिक स्थल, दरबार, ताम्रपत्र, शिलालेख, ताडपत्र, मुद्राहरूको खोजीसँगै अभिलेख तयार गरे । आज यो नेपाल र नेपालीका लागि अमूल्य निधि बनेको छ ।

तत्कालीन शाही नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ परिषद् सदस्यमा चयन भएपछि उनको लेखनीले व्यापकता पाउन थालेपछि विभिन्न नाटक लेखेका जोशीको पहलमा नाटकको व्यावसायिक मञ्चन पनि सुरु भएको थियो । प्रज्ञा भवनमा गाईजात्रा महोत्सव उनकै पहलमा सुरु भएपछि यसले नेपाली संस्कृतिमा छाउँदै गरेको विकृति उजागर गर्ने औजारको काम गर्न थालेको थियो । उनको पालामा जुम्लाको सिँजा पुगेर नेपाली भाषाको उत्पत्ति र विकास’bout गरिएको अनुसन्धानले नेपाली भाषालाई अर्को उचाइमा पु¥याएको छ । जीवनको छोटो अवधिमै स्व. जोशीले जेजति योगदान दिएर नेपाल नेपालीको अगुवाइ गर्न सके, त्यसलाई पथप्रदर्शनका रूपमा लिएर हामी नेपाली अघि बढ्न सकेमा स्व. जोशीप्रतिको सच्चा श्रद्धा हुनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 262 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

अशोक राईको नेतृत्वमा जसपा नेपाल विभाजन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
काठमाडौं महानगरपालिका: स्थापित र सिंहको मत परिणाम जोड्दा पनि बालेनकै धेरै