७९ लाख ४१ हजार ५३६ मतदाताले प्रत्यक्षमा भोट नै हालेनन्


काठमाडौं । आमनिर्वाचन २०७९ अन्तर्गत प्रतिनिधिसभामा ७९ लाख ४१ हजार ५३६ मतदाता सहभागी नभएको पाइएको छ । निर्वाचन आयोगको अन्तिम मतदाता नामावली अनुसार कुल १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता थिए ।

जसमध्ये यसपटक प्रतिनिधिसभा निर्वाचनमा एक करोड १० लाख ४७ हजार ३४ मतदाताले मतदान गरेका छन् । अर्थात् कूल मतदाता संख्याको ६१ दशमलव ४१ प्रतिशत मात्र निर्वाचनमा सहभागी भएका हुन् । यसपटक १ करोड ४ लाख ८७ हजार ९५८ मत सदर भएको थियो भने ५ दशमलव शून्य ६ प्रतिशत मत बदर भएको आयोगले जनाएको छ ।

प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ भने १ करोड ११ लाख २६ हजार २२६ (६१ दशमलव ८५ प्रतिशत) मतदाता सहभागी भएका आयोगको तथ्यांकमा उल्लेख छ ।

तपाइको प्रतिक्रिया
(Visited 222 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

आक्रामक अभिभावक ओली !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्वतन्त्र उम्मेदवारलाई जनताको हितमा काम गर्न सघाउनुपर्छ : महामन्त्री शर्मा