अध्यक्षमा रिता थापा मगरसहित २८ जना निर्विरोध

काठमाडौं । नेपालको लोकदोहोरी गायन क्षेत्रमा क्रियाशील कलाकारहरूको २३ वर्ष लामो इतिहास बोकेको ‘राष्ट्रि लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल’ले पहिलोपटक महिला अध्यक्ष पाएको छ ।

सो प्रतिष्ठानको अध्यक्षमा लोकदोहोरी गायिक रिता थापामगर निर्विरोध चयन भएकी छन् । शुक्रबारबाट धादिङको धादिङबेंसीमा जारी महाधिवेशनमा अध्यक्षका अर्का उम्मेदवार रामजी खाँडले शनिबार प्रथम उपाध्यक्षमा उम्मेदवारी दिएपछि यस अघिकी वरिष्ठ उपाध्यक्ष रिता थापामगर प्रतिष्ठानको अध्यक्षमा निर्विरोध चयन भएकी हुन् । प्रतिष्ठानमा देशभरका २६ हजारभन्दा बढी लोकदोहोरी कलाकारहरू सदस्य रहेका छन् ।

प्रतिष्ठानको ७५ जना केन्द्रीय कार्यसमितिको निर्वाचनमा अध्यक्ष रिता थापा मगरसहित २८ जना निर्विरोध निर्वाचित भएका छन् । बाँकी पदका लागि शनिबार अपराह्नबाट निर्वाचन सुरु भएको थियो । आज (आइतबार) बिहानसम्म निर्वाचनको सम्पूर्ण परिणाम आउने प्रतिष्ठानका निवर्तमान अध्यक्ष रमेश बीजीले राजधानीलाई बताए ।

शनिबार साँझ सम्पन्न निर्वाचनबाट प्रतिष्ठानमा निर्विरोध भएकाहरूमा अध्यक्ष थाप मगरसहित वरिष्ठ उपाध्यक्षमा पशुपति शर्मा, प्रथम उपाध्यक्षमा रामजी खाँण, उपाध्यक्षहरूमा सुवास केसी, दीपक खड्का, राधिका हमाल रहेका छन् । यस्तै, महासचिवमा शिव हमाल, उमहासचिवमा हरि डाँगी र शिरिष देवकोटा, कोषाध्यक्षमा अमृत अधिकारी, महिला सचिवमा जमुना राना, लुम्बिनी प्रदेश सचिवमा दीपक गरौजा मगर, सुदूरपश्चिम प्रदेश सचिवमा नविनसिंह धामी, काठमाडौं उपत्यका सचिवमा प्रकाश सपुत रहेका छन् ।

यस्तै, प्रतिष्ठानमा निर्विरोध चयन भएकाहरूमै कर्णाली प्रदेश सचिवमा उत्तम शर्मा, विदेश सचिवमा रामकृष्ण बम मल्ल, प्रशासनिक सचिवमा जीवन दाहाल, सांगठनिक सचिवमा पीएन सापकोटा रहेका छन् ।

यस्तै, प्रतिष्ठानको सांगठनिक सहसचिवमा तारानाथ आचार्य, प्रशासनिक सहसचिवमा राजकुमार रायमाझी, विदेश सहसचिवमा दुर्गा पंगेनी, महिला सहसचिवमा सीता राना निर्विरोध चयन भएका छन् ।

प्रतिष्ठानको महिला सहकोषाध्यक्षमा जुना श्रीष जैकली, मधेस प्रदेश केन्द्रीय सदस्यमा कृष्णप्रसाद गौतम, सुदूरपश्चिम प्रदेश केन्द्रीय सदस्यमा पदमबहादुर धामी, काठमाडौं उपत्यका समन्वय केन्द्रीय सदस्यमा तिलक परियार, कर्णाली प्रदेश केन्द्रीय सदस्यमा राजकुमार खत्री, बाग्मती प्रदेश केन्द्रीय सदस्यमा भरत बाराकोटी पनि निर्विरोध चयन भएका छन् ।

यीबाहेक बाँकी पदमा शनिबार अपराह्न निर्वाचन भएको थियो । जसमा सातजना खुला उपाध्यक्षका लागि नौजना प्रतिस्पर्धी रमेशराज भट्टराई, पुष्कल शर्मा, खुमन अधिकारी, राजु ढकाल, चोलेन्द्र पौडेल, पूर्णकला बीसी, कृष्ण रेउले, कुलेन्द्र विश्वकर्मा र शंकर बीसीबीचमा निर्वाचन भएको छ । यीबाट सातजना खुला उपाध्यक्ष चयन हुनेछन् । यस्तै, गण्डकी प्रदेशको एक सचिवका लागि घनश्याम रिजाल, सागर गुरुङ र राजन गुरुङ गरी तीनजना प्रतिस्पर्धामा छन् । खुला तीनजना सचिवका लागि बिमल अधिकारी, महेन्द्र गौतम, देवी घर्ती, युवराज मगर र कृष्ण आँशु विश्वकर्मा गरी पाँचजना प्रतिस्पर्धामा छन् । जसमध्ये देवी र बिमलले प्रारम्भिक मत गणनामा लिड गरेका छन् ।
यस्तै, खुलातर्फ दुईजना सहकोषाध्यक्षका लागि सरला पाण्डे, सम्झना लामिछाने मगर र ईश्वरीप्रसाद भुषाल गरी तीन जनाबीच निर्वाचन भएको छ । प्रारम्भिक गणनामा सम्झना माथि छिन् ।

यस्तै, १५ जना खुला सदस्यका लागि ३० जना प्रतिस्पर्धामा छन् । यस्तै, सात जना महिला केन्द्रीय सदस्यमा नौ जनाबीच निर्वाचन भएको छ । दुई जना विदेश सदस्यका लागि तीन जना, गण्डकी प्रदेशको एक जना केन्द्रीय सदस्यका लागि दुई जना, लुम्बिनी प्रदेशको एक जना केन्द्रीय सदस्यका लागि दुई जना र बाग्मती प्रदेशको एक जना केन्द्रीय सदस्यका लागि दुई जना निर्वाचनमा उत्रिएका छन् । शनिबार साँझबाट मतगणना सुरु भएकाले आइतबार बिहानसम्म यसको परिणाम आउने निर्वाचन कमिटीले बताएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 260 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

को सफल को असफल ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भोजपुरको साल्पासिलिछो गाउँपालिकामा स्वतन्त्र उम्मेवार दौलथ कुलुङ विजयी