काठमाडौं रेलमार्गको चिनियाँ टोलीद्वारा फिल्ड सर्भे सुरु

रसुवा । काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययनका लागि चिनियाँ प्राविधिक टोलीले फिल्ड सर्भेको काम सुरु गरेको छ । चीनबाट आएको टोलीले रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन सम्पन्न गरेपछि फिल्ड सर्भेको काम सुरु गरेको हो ।

अहिले चीनियाँ प्राविधिक टोलीले रसुवागढी स्याफ्रुबेसी हुँदै धुन्चे र काडमाडौं त्रिशुली बेत्रावती हुँदै धुन्चे गरी दुईतिरबाट सर्भे गरिरहेको छ । चाइना रेलवे फस्ट सर्भे एन्ड डिजाइन इन्स्टिच्युट ग्रुपका ६ जना प्राविधिक टोली सर्भेका लागि आएका हुन् ।

सम्भाव्यता अध्ययनका लागि काठमाडौं आएको टोलीले पहिलो चरणमा फिल्ड सर्भेको काम गर्ने रेल विभागले जनाएको छ । चीन र नेपालको संयुक्त टोलीले फिल्ड सर्भे गरेपछि सम्भाव्यता अध्ययन प्रक्रिया अगाडि बढाउने सम्बन्धमा छलफल गरिने रेल विभागले जनाएको छ । प्रारम्भिक अध्ययन अनुसार यसको सम्भाव्यता अध्ययन सक्न ४२ महिना लाग्ने छ ।

तपाइको प्रतिक्रिया
(Visited 262 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोखराको ६० प्रतिशत मतगणना, मेयरमा समाजवादी अग्रस्थानमै