सप्तरीमा योगाभ्यास शिविर र प्रभातफेरी

सप्तरी । मानवताका लागी योग, योग गरौ निरोग रहौं, सन्देशसहित बुधवार ९ औं अन्तराष्ट्रिय योग दिवसको अवसरमा राजविराजस्थित राजरंगशालमा योगशिविर तथा बजार क्षेत्रमा प्रभातफेरीके आयोजना गरिएको छ ।

पतञ्जली योग समिती नेपाल मधेश प्रदेश समितीको आयोजना तथा प्रादेशिक आर्युवेद र वैकल्पिक चिकित्सालय, पतञ्जली योग साधना केन्द्र सप्तरी, माँ काली योग साधना केन्द्र लगायत संस्थाको संयोजनमा शिविर तथा प्रभातफेरीको आयोजना गरिएको हो ।

एकाविहानै हातमा म्याट लिएर राजरंगशाला पुग्ने र शिविरमा सहभागी हुनेको भीड लागेको थियो । त्यही म्याट ओछ्याएर सहभागिहरु योगासन तथा ध्यानमा मग्न भए । शिविरमा करिब डेढ घण्टा योगाभ्यास तथा अन्य कार्यक्रम आयोजना गरिएको थियो ।

त्यस पश्चात प्रभातफेरीको आयोजना गरियो । शिविरमा सहभागि मधेश प्रदेश सभा सदस्य एवं प्रदेशसभा अर्थसमिति संयोजक सतिश कुमार सिंहले तनावमुक्त, शान्त, रोगमुक्त स्वास्थ्य शरीर, आघातमुक्त र चित्त विकासमा योगको महत्वपुर्ण भुमिका रहेकाले योगमा जुड्न सर्वसाधारणलाई आग्रह गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 73 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रिन्टिङ मेसिन थन्किदा अन्तःशुल्क स्टिकर छपाइमा बिचौलियाको बोलवाला

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
नुवाकोटमा कतै गठबन्धन कतै एक्ला एक्लै