गालिएको तस्करीको सुन ६० केजी ७१६ ग्राम मात्रै

काठमाडौँ । तस्करी गरेर ल्याइएको सुन मोटरसाइकलको ‘ब्रेक सु’ मा छुट्याएर गालिएको सुन तौल गर्दा ६० केजी ७१६ ग्राम मात्रै भएको हो ।

नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा सुन जोखिएको थियो । आज बिहान साढे १० बजेबाट सुन गालिएको थियो । छुट्याइएको सुन गालिएपछिको यकिन परिमाण निकाल्नको लागि जोखिएको टक्सार महाशाखाले जानकारी दिएको छ ।

महाशाखाका अनुसार ब्रेक सुबाट सुन छुट्याएर गालेपछि ६० केजी भएको थियो । गालेपछि सुनको मात्रा अझै घट्नसक्ने अनुमान थियो । त्यसैअनुसार सुन घटेको हो । अब गुणस्तर र आर्थिक परीक्षणको काम थालिने छ।

भन्सार जाँचपास भएर सिनामंगलको रोडमा निकालिएको सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । सुनसहितको ब्रेक सु १५५ किलो बरामद गरिएको सार्वजनिक गरिएको थियो । सुन तस्करी प्रकरणको अनुसन्धानको जिम्मा राजस्व अनुसन्धान विभागले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई सुम्पिएको छ ।

थप तीन चिनियाँ नागरिक पक्राउ, ३० लाख रुपैयाँ बरामद
सुन तस्करी प्रकरणमा थप तीनजना चिनियाँ नागरिक पक्राउ परेका छन् । २ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट जाँचपास भएर बाहिरिएको सुन तस्करी प्रकरणमा मंगलबार थप पक्राउ परेका थप तीनजनाको साथबाट ३० लाख रुपैयाँ पनि बरामद गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ । 

२ साउनमा राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको सुनको पगाल्ने काम मंगलबार सकिएको छ । मोटरसाइकल र स्कुटीको ब्रेक सुभित्र राखेर भित्र्याइएको उक्त सुन गालिसकेकाले तौल’bout मंगलबार जानकारी दिने तयारी गरिएको छ । सोमबार ब्रेक सुबाट सुन बाहिर निकाल्दा ६० केजी ७८९ ग्राम भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 44 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नेपाल आउँदै एमसीसी प्रमुख कार्यकारी अधिकृत अल्ब्राइट

कुरी-कुरी

Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
सुदूरपश्चिम प्रदेश सभाको ठूलो दल एकीकृत समाजवादी २ पालिका सिमित