जुम्ली पर्यटकीय सडक

पर्यटकीय जिल्लाका रूपमा परिचित जुम्लास्थित पानसय पाटन पुग्ने जुम्ला सडक निर्माण हुन थालेपछि जुम्ली जनताको मनमा खुसी छाएको छ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण पानसय पाटन स्वयं जुम्लीहरूका लागि पनि पर्यटकीय स्थल हो । यो पाटनमा पुगेपछि हिमाली जिल्ला जुम्लाको वास्तविक भौगोलिक विविधता बोध हुन्छ । पाटनसम्म पुग्दा गरिने यात्राका क्रममा यहाँका बेसीमा झुलेका मार्सी धानका फाँट, लेकमा नाच्ने कस्तुरी र डाँफेजस्ता पशुपंक्षी, यार्सागुम्बाजस्ता बहुमूल्य जडीबुटीसम्म देख्न र सेवन गर्न पाइन्छ । पानसय पाटनसम्म पुग्दा देखिने तालतलैया, आँखाभरि नअटाउने बुकीयुक्त घाँसेमैदान जो कोहीका लागि पनि आकर्षणको केन्द्रमा रहनेछ । यो आध्यात्मिक तथा प्राकृतिक आस्था राख्नेका लागि समान महत्वको ठाउँ हुने भएकाले यो सडकले जुम्ली पर्यटनमा ठुलो टेवा पु¥याउने देखिन्छ । आफैंमा यार्सागुम्बाको पाटन भनेर चिनिने पानसय पाटन सडक सुविधाका कारण आझेलमा परिरहेको अवस्थामा यसलाई जोड्ने सडक निर्माण सुरु भएपछि अबका दिनमा जुम्ली पर्यटनले गति लिन सक्ने आशा पलाएको छ । तातोपानी गाउँपालिका–७ सर्मीबाट पानसय पाटन जोड्ने सडक निर्माण प्रारम्भ भएपछि पर्यटन विकासका लागि स्थानीय जनता स्तःस्फूर्त पर्यटन पूर्वाधार निर्माणको कुरा गरिरहेका छन् ।

नेपालमा पर्यटकीय स्थल दूरदराजका इलाकामा रहने तर त्यहाँ पुग्नका लागि सडक, बस्नका लागि होटल, भौतिक सुरक्षा र सरकारले उपलब्ध गराउने सेवासुविधाको अभावमा विदेशी तथा स्वदेशी पर्यटक राजधानी सहर काठमाडौं, पोखरा र चितवनसहित जनकपुरलगायतका जिल्लामा घुमेर चित्त बुझाउने गरिरहेका छन् । पर्यटन वर्ष भनेर घोषणा गरिँदा पनि राजधानी नजिकका स्थानबाहेक अन्यत्र ध्यान दिएको देखिँदैन । पहुँचवालाको आँखा जहाँ लाग्छन्, त्यही नै नेपालका पर्यटकीय स्थल बन्ने र त्यहीँका लागि सेवा सुविधा खर्च गरिरहेको देखिन्छ । काठमाडौंको सिंहदरबार सधैं काठमाडौंमा रमाइरहेको अवस्था अहिले संघीय नेपाल बन्दा पनि अभिव्यक्त भइरहेको छ । प्रदेश र स्थानीय सरकार पर्यटन विकासमा जोड दिएर गएको देखिएको छैन । संघीय सरकार अहिले टाउको लुकाएर बसिरहेको छ । त्यसै कारणले पनि जुम्लाको पानसय पाटनजस्ता पर्यटकीयस्थल अहिलेसम्म बादलमुनि ओझेलमा छन् । तिनीहरूलाई देख्नका लागि सिंहदरबारका परेला अझैंसम्म उघ्रिएका पनि होइनन् ।

स्थानीय सरकार बनेपछि निरन्तर विकासका नाममा आएका बजेटका कारण पानसय पाटनजस्ता पर्यटकीय स्थानले बाटोको मुख देख्न पाउने भएका छन् । जुम्लीवासीको सुनौलो भविष्य कोर्न पानयस पाटनको बाटो एक कोसेढुंगा साबित हुने विश्वास स्थानीय जनताको देखिन्छ । यसका लागि सरकारले पर्यटन उद्योगको नीति, रणनीति र कार्यक्रम सबै जोडेर अघि बढाउनुपर्छ । यसले मात्र जुम्ली पर्यटनमा त्यहाँको विशेष उत्पादनका रूपमा रहेका जडीबुटी, कृषि उत्पादन आदिमा टेवा पु¥याउने देखिन्छ । जुम्लामा बनिरहेको पानयस पाटनको सडक नेपालको पर्यटन व्यवसायको एक अभिन्न अंग हो । यसलाई केवल जुम्लीको एक मामुली स्थानीय बाटोका रूपमा हेरिनु सिंहदरबारको संकीर्ण सोच र व्यवहारको निरन्तरता मात्र हो । यो विरासत तोडिनुपर्छ । त्यसपछि मात्र जुम्ली पर्यटकीय सडक सिंगो नेपाली पर्यटनको एक अभिन्न हिस्सा बन्न सक्छ ।

तपाइको प्रतिक्रिया
(Visited 55 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

आक्रामक अभिभावक ओली !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मालिकामा एमालेविरुद्ध पाँच दलीय गठबन्धन