आयो क्वान्टम कम्प्युटर युग !

कम्प्युटर जगतमा आएका आइपरेका नयाँ समस्या समाधानका लागि क्वान्टम कम्प्युटर सहयोगी सिद्ध हुने विश्वास गरिएको छ । यो प्रविधि २१औं शताब्दीको नवीनतम कम्प्युटर प्रविधि मानिएको छ । कम्प्युटर युग आफैंमा चमत्कारको युग हो । त्यसमा थप सुधार र छलाङमय विकास हुँदै पनि गइरहेको छ । संसार अबका दिनमा सानो छैन ज्ञानका हिसाबले । तर, प्रविधिका हिसाबले सानो र साँघुरो हुँदै गएको छ ।

संसारबाट अन्तरिक्ष गमन, अध्ययन, अनुसन्धान र थप प्रयत्न तथा प्राप्त सफलता कम्प्युटर टेक्नोलोजीकै कारणले हुन गएको हो । यसले साँच्चिकै २१औं शताब्दीमा विश्वका कुनाकुनामा विचरण गरेर साधारण मानिसका समेत सोच, शैली, सिर्जना र काम गर्ने तरिकामा आधुनिकीकरण गरिदिएको छ । कम्प्युटरले बदलिँदो जीवनको गतिमा हजारौं गुणा तीव्रता थपिदिएको छ । मानिस फुर्सदमा छैनन् अहिले ।

मानिस सँगै पनि छ । मानिस एक्लो पनि छ । तर, मानिस टेक्नोलोजी र त्यसमा पनि कम्प्युटर टेक्नोलोजीसँग त दिन रात नै छ । यस्तो चामत्कारिक आविष्कार कम्प्युटर टेक्नोलोजीमा क्वान्टम कम्प्युटरले त झन् अर्को चमत्कार थपिदिएको छ । यसको आविष्कार’bout चीनले तथ्यसहित सविस्तार प्रकाशमा ल्याएपछि अबका दिन पहिलेको जस्तो रहिरहने देखिँदैन ।

सामाजिक सञ्जालमा जीवन जिइरहेका मानिस अब क्वान्टम कम्प्युटरको सहयोगमा पृथ्वीबाहिर पनि जीवन खोज्दै हिँड्न र बहस गर्न थाल्ने मौका कुरिरहेका छन् । किनकि, अहिले काम गरिरहेको कम्प्युटर प्रविधिभन्दा क्वान्टम कम्प्युटरले १६ करोड गुणा बढी तीव्र र शक्तिशाली रूपमा काम गर्ने देखिएको छ ।

यस्तो प्रविधि चीनले आन्तरिक प्रयोगमा ल्याइरहेको जनाएको छ । चिनियाँ वैज्ञानिक क्वान्टम कम्प्युटर अबको युगमा एक नयाँ सुरुवातको कोसेढुंगा साबित हुने कुरामा विश्वस्त रहेका देखिन्छन् । यो क्वान्टम कम्प्युटरको मुख्य आविष्कारक जिउझाङ को नामबाट चीनमा यसको ‘जिउझाङ क्वान्टम कम्प्युटर’ नामकरण गरिएको छ ।

यो प्रविधिमा ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) कुशलतापूर्वक प्रयोग गरिएको छ । आफंैमा कम्प्युटर त्यसमाथि एआई जोडिएपछि यसको गति असामान्य बन्न गएको छ । यो कम्प्युटर हालसम्म प्रयोगमा रहेका विश्वका शक्तिशाली ‘सुपर कम्प्युटर’भन्दा १८ करोड गुणा शक्तिशाली हुन गएको हो । यसले वैज्ञानिक खोजमा नयाँ आयाम ल्याउन सहयोग पु-याउने अपेक्षा गरिएको छ ।

प्रारम्भिक अनुमानअनुसार जिउझाङ क्वान्टम कम्प्युटर डाटा माइनिङ, जैविक जानकारी पत्ता लगाउन, नेटवर्क विश्लेषण गर्न र रासायनिक मोडलिङजस्ता अनुसन्धानमा निकै सहयोगी सिद्ध हुने भनी चिनियाँ विशेषज्ञको ठहर रहेको छ । यसको प्रयोग चिनियाँ आन्तरिक व्यवस्थापनमा कुशलतापूर्वक भइरहेको चीनको दाबी छ ।

क्वान्टम कम्प्युटरको प्रयोगले विश्वमा हाल समाधान हुन बाँकी रहेका समस्या समाधान गर्न बल पु¥याइरहेको छ । यो कम्प्युटर प्रयोगमा पनि सफल भइसकेकाले अब सबैका लागि यो एक आधुनिक र उपयोगी यन्त्रका रूपमा सार्वजनिक हुनेछ । चीनको विज्ञान र प्रविधि विश्वविद्यालयका भौतिकशास्त्री प्यान जियानवेको नेतृत्वमा यो आविष्कारले शिखर चुम्न पाएको हो ।

आविष्कारलगत्तै चिनियाँ अन्वेषकको टोलीले सामान्य कम्प्युटरका लागि चुनौतीपूर्ण बन्दै आएका समस्या यो क्वान्टम कम्प्युटरमार्फत समाधान गरेर देखाएपछि संसार चकित परेको थियो । समस्या समाधानका क्रममा क्वान्टम कम्प्युटरले २ लाखभन्दा बढी नमुना प्रशोधन गरेर गति लिइरहेको छ ।

क्वान्टम कम्प्युटरमा डाटा प्रशोधन र समस्या समाधानका लागि ‘रेन्डम सर्च’ र ‘सिमुलेटेड एनिलिङ’ प्रक्रिया अपनाउने गरिएको छ । हालसम्मको सबैभन्दा तीव्र मानिएको क्लासिकल सुपर कम्प्युटरमार्फत हरेक नमुना समस्या समाधान गर्न करिब ७ सय सेकेन्ड लाग्छ । यही प्रक्रिया जारी राख्ने हो भने २ लाख नमुना प्रशोधन गर्न सुपर कम्प्युटरलाई कम्तीमा पाँच वर्ष लाग्नेछ ।

क्वान्टम कम्प्युटरले एउटा नमुना प्रशोधन गर्न बढीमा १ सेकेन्ड समय लगाउने भएपछि समस्या समाधानमा निकै कम समय लाग्ने भएको छ । यो भर्खरैै अन्वेषणबाट प्रमाणित भएकाले सर्वसाधारणको हातसम्म आइपुग्न समय भने लाग्नेछ । यो गतिमा कमी आएको छैन ।

तपाइको प्रतिक्रिया
(Visited 90 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

संसदीय छानबिन समिति बनाउन विपक्षी दल एकजुट

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कतै शपथ, कतै परिणामकै प्रतीक्षा