धनगढी कमाउन थाल्यो– ‘फोहोर बेचेर मोहाेर’

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले ‘फोहोर बेचेर मोहाेर’ कमाउन थालेको छ । उपमहानगरपालिकाले पहिलो पटक वर्गाीकृत फोहर बिक्री गर्ने काम सुरु गरेर मोहर कमाउन थालेको हो ।

उपमहानगरपालिकाले वडा नम्बर २ मा सञ्चालन गरेको सूक्ष्म वर्गाीकरण केन्द्रबाट तयार भएको फोहोर आइतवारदेखि बिक्री गर्ने कामको सुरूवात गरेको जनाएको छ । उपमहानगरपालिकाले पहिलो चरणमा करिब १५ लाख मुल्यको वर्गाीकरण गरिएको फोहोर बिक्री गरेको छ । उपमहानगरपालिकाले फोहोर बिक्री गर्न मूल्य सूचि नै तयार पारेर ठेक्का सम्झौता समेत गरेको जनाएको छ ।

उपमहानगरपालिकाले सञ्चालन गरेको केन्द्रका प्राविधिकसहितका कर्मचारीको तलब खर्चको रकम वर्गीकृत फोहोर बिक्रीबाट संकलन गर्ने योजना छ । उपमहानगरपालिकाले तयार पारेको वर्गाीकृत फोहोरको न्यूनतम दररेट तयार पारेर ठेक्काका लागि सूचना सार्वजनिक गरेको थियो ।

उपमहानगरपालिकाको बोलपत्रमा बढी दर पेस गर्ने सोनुराज ट्रेड एण्ड सप्लायर्सले ठेक्का पाएको छ । कम्पनीले आइतवारदेखि वर्गाीकृत फोहोर ढुवानी सुरू गरेको उपमहानगरपालिकाका सरसफाइ व्यवस्थापन शाखा प्रमुख अशोक अवस्थीले बताए ।

उपमहानगरपालिकाले भुरा कागजको १० रुपैयाँ, कपिको १३ दशमलव ५०, किताबको १३ दशमलव ५०, एलडी÷एचएमको ३५, पिपिको २०, पेट बोतलको ४० रुपैयाँ, गुडिया २२ रुपैयाँ, कचराको पाँच दशमलव ५०, पिभिसिको पाँच दशमलव ५०, कट्टाको पाँच दशमलव ५०, रसिहरुको पाँच दशमलव ५० र बोतल प्लास्टिकको दुई दशमलव ५० रुपैयाँ प्रति किलोग्रामको दरले बिक्री गरेको छ ।

त्यसैगरी, टीनको ४५, फलामको ४८, आल्मुनियमको दुई सय २०, तामाको नौ सय ५०, पित्तलको ६ सय ५०, बियरका बोतलको २ दशमलव ५०, सेतो बोतलको पाँच, रुस्लान, खुकुरी लगायत बोतलको १० रुपैयाँ, काठ र दाउराको ६ रुपैयाँ तथा तारको २० रुपैयाँ प्रति किलोग्राममा बिक्री गर्न थालेको छ । टायरको १३, ट्युवको २२ रुपैयाँ प्रति किलोग्राममा बिक्री सुरू गरिएको छ ।

फोहोर संकलनका लागि उपमहानगरपालिकाको वडा नम्बर २ मा एक बिघा जग्गा वार्षिक ८८ हजार आठ सय ८८ रुपैयाँमा भाडामा लिइएको छ । त्यसमा उपमहानगरपालिकाले १९ लाखमा उपकरण तथा संरचना निर्माण र ७ लाखको घेरबार गरेको छ । उपकरणका लागि आवश्यक विद्युत् जडान गरेर दुई जना प्राविधिकसहित १२ जनाले सूक्ष्म वर्गाीकरण केन्द्र सञ्चालनमा ल्याएका छन् ।

उनीहरुको तलब सुविधाका लागि बिक्री गरिएको वर्गाीकृत फोहोरबाट रकम संकलन हुने बताइएको छ । सरसफाइ व्यवस्थापन शाखा प्रमुख अवस्थीले कर्मचारीको तलब, विद्युत महसुल, इन्धन लगायत खर्चका लागि वर्गीकृत फोहोर बिक्रीको रकमले खर्च धान्ने बताए ।

धनगढी बजार क्षेत्रका वडाबाट मात्र दैनिक २० देखि ३० टनसम्म फोहोर संकलन हुँदै आएको छ । कुहिने फोहोरबाट मल तथा वायो ग्याँस उत्पादन हुँदै आएकोमा नकुहिने फोहोर सूक्ष्म वर्गीकरण गरेर विक्री गरिँदैछ ।

तपाइको प्रतिक्रिया
(Visited 148 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

दिनभर छलफल तर जुटेन सहमति

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बृद्ध भत्ता अब जनताको घरदैलोमै : नगरप्रमुख लम्साल