कुनै पनि व्यक्तिको जीवनमा आइपर्ने आधारभूत कार्यहरू गर्न सक्षम बनाउनु शिक्षाको मूलभूत उद्देश्य हो । यस्तो शिक्षा जीवनोपयोगी हुन्छ । नेपालमा हालसम्म पनि शास्त्रीय शैलीको शिक्षा प्रदान गरिन्छ । यस्तो शिक्षाले अरूका ’boutमा ज्ञान तथा सूचना त प्रदान गर्छ नै तर शिक्षित व्यक्तिहरूलाई व्यावहारिक तथा सिर्जनशील बनाउनसक्दैन । वास्तवमा यहाँका विद्यालय तहदेखि विश्वविद्यालय तहसम्मका पढाइमा कुनै व्यवसाय रोज्न, खोज्न र टिकाउनसक्ने ज्ञान तथा सीपको कमी छ ।
कुनै पनि व्यक्तिले पढेका र सिकेका कुरालाई व्यवहारमा उतार्न सक्नु व्यावहारिक शिक्षाको विशेषता हो । यस्तो शिक्षाले कुनै पनि व्यक्तिलाई घर, खेतबारी, वनजंगल, जल, स्थल आदि क्षेत्रमा व्यावसायिक रूपमा काम गर्न सिकाउँछ ।
हालसम्म पनि यहाँका विद्यालयदेखि विश्वविद्यालयसम्म सैद्धान्तिक ज्ञान प्रदान गरिन्छ । त्यसैले, विभिन्न घरायसी कामका लागि हामीले अरूको भर पर्नुपर्ने बाध्यता छ । नेपालमा पेसागत सीपमा आधारित ज्ञान तथा व्यावसायिक सीपमा आधारित शिक्षा प्रदान गरिएको भए यहाँ व्यावसायिक कामहरू गर्न सक्षम जनशक्ति उत्पादन गर्न सकिन्थ्यो । यसबाहेक परम्परागत पेसालाई आवश्यकताअनुरूप आधुनिकीकरण गर्दै व्यावहारिक बनाउन सकेको भए यहाँका हिमाल, पहाड र तराईमा विभिन्न किसिमका उत्पादनका सम्भावनाका आधारमा आयआर्जनका स्रोतहरूको खोजी गर्न सकिन्थ्यो ।
पेशागत सीपमा आधारित ज्ञान र व्यावसायिक सीपमा आधारित शिक्षा प्रदान गरिएको भए सक्षम जनशक्ति उत्पादन गर्न सकिन्थ्यो
परन्तु, नेपालमा व्यावहारिक शिक्षाको कमीले गर्दा यहाँका शिक्षित युवाहरूले स्वरोजगारका क्षेत्रहरू पहिचान गर्नसकेका छैनन् । तसर्थ, रोजगारीका लागि उनीहरू बिदेसिन रूचाउँछन् ।
नेपालका पहाडी विद्यालयहरूमा व्यावहारिक ज्ञान प्रदान गर्न सकेको भए त्यहाँ पढेका विद्यार्थीहरूले एकातिर उन्नत जातका गाई, भैंसी, बाख्रा, बंगुर, कुखुरा र माछा पालन गर्न सक्षम हुने थिए भने अर्कोतिर फलफूल तथा पुष्प खेती गर्न सक्षम भई आयआर्जन गर्नसक्थे । यसैगरी, उनीहरूले तराई क्षेत्रमा खाद्यान्न, तेलहन, फलफूल र अन्य कृषिजन्य वस्तुहरूको अधिकतम उत्पादनका लागि आधुनिक फार्महरू सञ्चालन गरी स्वदेशमै रोजगारी पाउने थिए । तर, यहाँ व्यावहारिक शिक्षाको कमीले यस्तो हुन सकेको छैन ।
आज केही मुलुकहरू विकासको उत्कर्षमा पुगेर चन्द्रमामा मानव पठाउन र मंगल ग्रहलगायत अन्य आकाशीय जीवको सम्भावना’bout गहन अनुसन्धानमा संलग्न छन् । यति मात्र होइन, अमेरिकास्थित नासाको अभियानले अन्तर्राष्ट्रिय जगत्मै विशेष ध्यान आकृष्ट गरेको छ । तर, नेपालमा भने यी कुराहरू एकादेशको कथाझैं भएको छ ।
नेपाल एक कृषिप्रधान मुलुक भए पनि खाद्यान्नका लागि विदेशमा भर पर्नुपरेको छ । यसबाहेक सागसब्जी, फलफूल र अन्य दैनिक सामग्रीहरूका लागि पनि विदेशमा भर पर्नुपरेको छ ।
कुनै पनि कृषिप्रधान मुलुकमा पशुपालनले महत्वपूर्ण भूमिका खेल्छ, ’cause यसबाट एकातिर स्वास्थ्यबर्धक दूध, दही, मोही र घिउ प्राप्त हुन्छ भने अर्कोतिर खेतीका लागि मलमूत्र पनि प्राप्त हुन्छ । परन्तु यी चीजहरूका लागि विशेषतः भारत र अन्य मुलुकहरूमा निर्भर हुनुपरेको छ । यहाँका शिक्षित व्यक्तिहरूमा व्यावहारिक ज्ञान नहुनाले यस्तो भएको हो ।
आज विश्वमा सञ्चार क्षेत्रमा निकै प्रगति भएकाले कम्प्युटर, ल्यापटप र मोबाइलको प्रयोग धेरै बढेको छ । नेपालमा पनि यिनीहरूको प्रयोग दिनदिनै बढिरहेको छ । तर, यिनीहरूको उत्पादन यहाँ नहुनाले विदेशमा भर पर्नुपरेको छ । व्यावहारिक शिक्षा नहुनाले यस्तो भएको हो ।
अस्पतालमा प्रयोग गरिने भेन्टिलेटर, स्वाब कलेक्सन बक्स, पीपीई आदि विदेशबाट ल्याइन्छ भने जटिल खालका स्वास्थ्य परीक्षण विदेशमा गरिन्छ
यहाँ बारम्बार रेल ल्याउने कुरा चर्चामा आउँछ । तर, यहाँ बनाएको रेल होइन, भारत वा अन्य मुलुकले बनाइदिएको रेल । यहाँ त केवल रेलको बाहिर नेपालको झन्डा र नक्सा बनाइन्छ । यसमा हामी गौरव ठान्छौं । वास्तवमा रेलमार्ग सर्वेक्षण गर्ने विदेशी इन्जिनियर, निर्माण कार्य ठेक्का लिने विदेशी कम्पनी, रेल चल्ने इन्धन विदेशको र रेलबाट भित्रिने सामानहरू पनि विदेशी हुन् । तर पनि हामीलाई यस सम्बन्धमा कुनै संकोच छैन ।
केही वर्षयता यहाँ पानीजहाजको कुरा पनि चर्चामा आएको छ, जुन विदेशमा बन्छ । यहाँ त केवल पानीजहाजमा नेपालको झन्डा राखिन्छ । यसैमा हामी गौरव गर्छौं ।
वस्तुतः राष्ट्रियता भौगोलिक विषय मात्र नभई आत्मनिर्भरताको विषय पनि हो । तर, दुःखलाग्दो कुरा त के छ भने यहाँको सबैजसो विकास कार्यहरूमा विदेशी सामानहरू जोडजाड गर्ने काम मात्र हुन्छ ।
यहाँका अस्पतालमा प्रयोग गरिने भेन्टिलेटर, स्वाब कलेक्सन बक्स, पीपीई आदि विदेशबाट ल्याइन्छ भने जटिलखालका स्वास्थ्य परीक्षण विदेशमा गरिन्छ । यति मात्र होइन, यहाँ पठनपाठन गरिने पुस्तकहरूका लागि पनि विदेशमै भर पर्नुपरेको छ ।
यथार्थतः यहाँ परनिर्भरताले हद नाघेको छ । यसका मूल कारण यहाँ विद्यमान अव्यावहारिक शिक्षा नै हो । यहाँको शिक्षा प्रणाली पुराना भएकाले अनुसन्धानको संस्कार बस्न सकेको छैन ।
वर्तमान समयमा पनि यहाँ विद्यमान शिक्षा प्रणालीले सैद्धान्तिक ज्ञान मात्र प्रदान गरेकाले व्यावहारिक बन्नसकेको छैन र शिक्षित बेरोजगारहरूको संख्या दिन प्रतिदिन बढिरहेको छ । तसर्थ, शिक्षामा गरिएको लगानी बालुवामा पानी हालेसरह भएको छ । यदि, भविष्यमा यहाँको परनिर्भरता घटाउने हो भने शिक्षा व्यावहारिक हुनुपर्छ, जसका लागि आमूल परिवर्तन गर्नुपर्छ । जसका लागि सम्बन्धित पक्षको ध्यान यथाशीघ्र आकृष्ट हुनुपरेको छ ।