मालिक मन र हाकिम मस्तिष्क

प्रायः माइन्ड र ब्रेनलाई पर्यायवाची शब्दका रूपमा प्रयोग गरिन्छ । तर, माइन्ड (मन) र बे्रन (मस्तिष्क) मानव शरीरका एउटै अंग होइनन्, फरक फरक अगंहरू हुन् । मस्तिष्क शरीरको एक प्रमुख भौतिक अंग हो भने मन भौतिक अंग होइन । मन मस्तिष्क जस्तो दृश्य पनि छैन । मन अदृश्य छ । जहाँ मस्तिष्कको सम्बन्ध भौतिक शरीर (फिजिकल बोडी)सँग छ भने मनको सम्बन्ध मानसिक शरीर (मेन्टल बडी) सँग छ ।

वास्तवमा मस्तिष्क हार्डवेयर हो भने मन सफ्टवेयर हो । मस्तिष्क शरीररूपी संस्थाको हाकिम हो भने मन मालिक । ’cause मनले शरीरको नियन्त्रण र नियमन गर्छ भने मनले मस्तिष्कलगायत सम्पूर्ण शरीरको । त्यसैले मनलाई सर्वशक्तिमान मानिन्छ । उहिल्यै प्राचीन ऋषिमुनिले भनेका नै थिए, संसारमा सबैभन्दा शक्तिशाली चिज भनेको नै मन हो, जसले मनलाई बसमा राख्न सक्दछ, उसले संसार नै बसमा राख्न सक्दछ ।

महात्मा बुद्धले मनलाई स्मृतिलय अर्थात् स्टोरहाउस अफ मेमोरी भनेका छन् । त्यो ’cause अनुभव, आदत तथा संस्कार आदि यही मनमा नै संग्रह हुनेगर्छन् । वैदिक ऋषिमुनिको भनाइ छ, आत्माको ऊर्जाद्वारा मनले कार्य गर्दछ । मनको प्रोग्रामिङअनुसार मस्तिष्कले र मस्तिष्कको निर्देशनअनुसार शरीरले कार्य गर्छ । मनलाई आत्मा र मस्तिष्कबीचको पुल पनि भन्ने गरिन्छ । सामान्यतया मनका तीन भागहरू हुन्छन्, सचेतन मन, अवचेतन मन तथा अचेतन मन ।

सचेतन मन मनको लगभग १०आंै हिस्सा हो, जसमा स्वयंको तथा वातावरण’bout जानकारी तथा चेतना रहन्छ । यही मनले नै दैनिक कार्यहरू गर्दछ । मानिसको चेतन मनले दुःख–पीडा आदि शारीरिक संवेदना ग्रहण गर्छ । यो मन तार्किक हुन्छ र हरेक विषयमा तर्क गर्छ । चेतन मनले कुनै पनि विषयलाई सहजतापूर्वक ग्रहण गर्दैन । जस्तो कि गाईलाई देखाएर यो भैंसी हो भन्ने हो भने तपाईंले होइन, यो भैंसी हो भन्नुहुन्छ । त्यो ’cause गाई र भैंसीको रूपरङ तपाईंको अवचेतन मनमा स्टोर भएको छ । गाई कस्तो हुन्छ, भैंसी कस्तो हुन्छ भन्ने कुरा तपाईंलाई थाहा छ । चेतन मन नै बुद्धि हो ।

मानसिक समस्याको उपचार मस्तिष्कमा होइन, मनमा खोज्नु आवश्यक छ

अवचेतन मन मनको लगभग ५० देखि ६० प्रतिशत हिस्सा हो, जसको कार्य’bout व्यक्तिलाई जानकारी रहँदैन । यसले मनको स्वस्थ एवं अस्वस्थ क्रियामा प्रभाव पार्दछ । यसको बोध व्यक्तिको आउने सपनासित हुन सक्दछ । यसमा व्यक्तिको मूल प्रवृत्तिसित जोडिएका इच्छाहरू जस्तै भोक, प्यास तथा यौन इच्छाहरू दबिरहेका हुन्छन् । मानिसले मनको यस भागको सचेतन प्रयोग गर्न सक्तैन । यदि यस भागमा दबेका इच्छा प्रकट भएर धेरै लक्षणहरू उत्पन्न हुन जान्छन् जसले पछि कुनै मनोवैज्ञानिक समस्याको रूप लिन सक्छ ।

चेतन तथा अवचेतन मनलाई उदाहरणबाट प्रस्ट पार्न सकिन्छ । जब कुनै व्यक्तिले साइकल चलाउन सिक्दछ, उसलाई ध्यानपूर्वक साइकल नियन्त्रण गर्नुपर्छ । सुरुवातमा सन्तुलन बनाउन गाह्रो हुन्छ, ऊ डराएको पनि हुन्छ । तर, जब उसले साइकल चलाउन सिक्छ, तब उसलाई साइकल चलाउन नियन्त्रित गर्नु पर्दैन, साइकल आफसे आप नियन्त्रित हुन्छ । उसले बातचित गर्दै वा कुनै कार्य गर्दै पनि साइकल चलाउन सक्दछ ।

यो कसरी सम्भव हुन्छ ? सुरुवातमा जब व्यक्ति पहिलोपटक साइकल चलाउन सिक्दछ, तब उसले आफ्नो चेतन मन प्रयोग गर्छ, जब उसले साइकल चलाउन अभ्यास गर्छ, तब यो अनुभव अवचेतन मनमा संग्रह हुन थाल्छ, अनि बिस्तारैबिस्तारै अवचेतन मनले चेतन मनको ठाउँ लिन थाल्छ । वास्तवमा अवचेतन मनले एक अटोपाइलट सिस्टम जस्तै आफसे आफ स्वचालित तरिकाले कार्य गर्छ । सबै स्वचालित कार्यहरू जस्तैः सास लिनु, मुटु धड्कनु, रक्तसञ्चार, पाचन तथा उत्सर्जन आदि कार्यहरू अवचेतन मनद्वारा नै हुनेगर्छ । आदत तथा दैनिक दिनचर्याका कार्यहरूमा पनि अवचेतन मनको महत्वपूर्ण भूमिका हुन्छ ।

अवचेतन मन एक सफ्टवेयर वा रोबोट जस्तै हो, जसको प्रोग्रामिङ चेतन मनद्वारा हुने गर्छ । अवचेतन मनले स्वयं राम्रो नराम्रो सोच्न सक्दैन । यसले प्रोग्रामअनुसार स्वचालित तरिकाले कार्य गर्छ । हाम्रो हरविचारले हाम्रो अवचेतन मनमा महत्वपूर्ण प्रभाव पार्छ । अर्को शब्दमा भन्ने हो भने हामी जे जस्तो सोच्छौं वा गर्छौं, त्यो सबै अवचेतन मनमा प्रोग्रामिङ हुन्छ । अनि बिस्तारैबिस्तारै अवचेतन मन त्यस कार्यलाई नियन्त्रित गर्न थाल्छ । हाम्रो आदत तथा धारणा यसरी नै निर्माण हुन्छ । पछि स्वचालित रूपमा अवचेतन मनद्वारा नियन्त्रित हुन्छ ।

अचेतन मनको लगभग ३० देखि ४० प्रतिशत हिस्सा हो, जुन सुसुप्त अवस्थामा हुन्छ । चेतन मनलाई अचेतन मन’bout कुनै जानकारी हुँदैन । तर, यस मनमा दबेर बसेका इच्छा आकांक्षा आदिले कुनै न कुनै रूपमा व्यक्तिको व्यक्तित्वलाई प्रभाव पारेको हुन्छ । तर, यसको आभास व्यक्तिलाई हुँदैन ।

मनमा विचार, चेतना, ज्ञान, इच्छा आकांक्षा, अनुभव, अनुभूति तथा भावना हुन्छ भने मस्तिष्कले स्नायु प्रणालीमार्फत शरीरका विभिन्न अंगमा सूचना आदनप्रदान गर्दछ

साइकोथेरापेटिक दृष्टिकोणमा मानसिक समस्याका कारण मस्तिष्क रसायनको असन्तुलन होइन, अवचेतन र अचेतन मनमा दबेका इच्छा र आकांक्षाको विकृत रूप हो । त्यसैले मानसिक समस्याको उपचार मस्तिष्कमा होइन, मनमा खोज्नु आवश्यक छ । व्यक्तिको अवचेतन तथा अचेतन मनको उचित साइकोलोजिकल इन्टरभेन्सनद्वारा नै मानसिक समस्यामा काबु पाउन सकिन्छ ।

हो, औषधीद्वारा मानसिक समस्याको लक्ष्यण कम गर्न सकिन्छ । तर, मानसिक समस्या ठीक गर्न सकिँदैन । मानसिक समस्या ठीक गर्न व्यक्तिको अवचेतन मनमा गढेर बसेको नकारात्मक भावनाहरू हटाउन आवश्यक हुन्छ । मनोवैज्ञानिक चिकित्सा पद्धति (साइकोथेरापी) मानसिक विकारहरू(मेन्टल डिस्अर्डर) तथा व्यथाहरू (डिस्टे«स)को मूल कारण प्रतिकूल वा नकारात्मक भावना (नेगेटिभ फिलिंस) हो भन्ने मान्यतामा आधारित छ । अर्को शब्दमा भन्ने हो भने मानिसको सोच, संज्ञान (कग्निसन), चिन्तन तथा घटना र परिस्थितिलाई हेर्ने दृष्टिकोणले नै मानसिक समस्या पैदा गर्छ । त्यसैले मानसिक समस्याहरू ठीक गर्नका लागि व्यक्तिको मनमा रहेका प्रतिकूल तथा नकारात्मक भावना तथा दृष्टिकोण परिवर्तन गर्न आवश्यक पर्छ । साइकोथेरापीमा विभिन्न कग्निटिभ तथा बिहाभियर टेक्निकको सहायताबाट व्यक्तिको संज्ञानात्मक पुनर्संरचना गर्ने कार्य गरिन्छ, जसले गर्दा व्यक्तिको मनमा गडेर बसेका गलत चिन्तन तथा विश्वास हटेर शुभचिन्तन तथा विश्वास विकसित भई व्यवहार समायोजित हुन पुग्दछ ।

मनबाट विचारको उत्पत्ति हुन्छ । मनमा विचार, चेतना, ज्ञान, इच्छा आकांक्षा, अनुभव, अनुभूति तथा भावना हुन्छ भने मस्तिष्कले स्नायु प्रणालीमार्फत शरीरका विभिन्न अंगमा सूचना आदनप्रदान गर्छ । वास्तवमा मन र मस्तिष्कले यसरी नै कार्य गर्छ, जसरी भौतिक शरीर र मानसिक शरीरले काम गर्छ ।

मन सूक्ष्म शरीरका हेड हो भने मस्तिष्क स्थूल शरीरको हेड हो । यस तथ्य अहिले स्नानु विज्ञान (न्युरोसाइन्स)ले पनि स्वीकार्न थालेको छ । ज्ञात होस्, मानव मस्तिष्कको अध्ययन गर्ने शास्त्र स्नानुविज्ञान (न्युरोसाइन्स) हो भने मनको अध्ययन गर्ने शास्त्र मनोविज्ञान (साइकोलोजी) हो । अनि मन र मस्तिष्कको अध्ययन गर्ने शास्त्र स्नायु मनोविज्ञान (न्युरो साइकोलोजी) हो ।

तपाइको प्रतिक्रिया
(Visited 47 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति बनाउन सहमति

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कञ्चनपुरकाे भिमदत्तमा कांग्रेस उम्मेदवार बिजयी