ईपीजी बैठक सम्पन्न

काठमाडौं / रास– नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को छैटौं बैठक शुक्रबार सम्पन्न भएको छ ।गत बिहीबारदेखि दिल्लीस्थित इन्स्टिच्युट फर डिफेन्स एन्ड एनालाइसिस (आईडीएसए) मा सुरु बैठकमा भारतले सन् १९५० नेपाल भारत शान्ति तथा मैत्री सन्धिलगायतका पुराना सन्धि सम्झौतामा पुनरावलोकनका लागि लचक बनेको छ । नेपालले ईपीजीको पहिलो बैठकदेखि १९५० सन्धिको धारा २, ५, ६ र ७ परिवर्तन गर्नुपर्ने प्रस्ताव राखेको छ ।