मह जोडीलाई चैत्यदेवी सिंह पुरस्कार

काठमाडौं । अग्रह हास्याव्यंग्य कलाकार मह जोडी (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य) पुरस्कृत भएका छन् । यी जोडीलाई काठमाडौंमा एक समारोहबीच यस वर्षको ‘चैत्यदेवी सिंह पुरस्कार’बाट पुरस्कृत गरिएको छ ।

राजधानीमा एक साधारण कार्यक्रमबीच मह जोडीलाई यो वर्षको चैत्यदेवी सिंह पुरस्कार प्रदान गरिएको अभिनेत्री चैत्यदेवीले बताएकी छन् । कोरोना संक्रमणका कारण सामान्य कार्यक्रम गरेर नगद ५१ हजारसहित सम्मानपत्र हस्तान्तरण गरिएको पनि उनले बताइन् । हरेक वर्ष यो पुरस्कार भुवन चैत्य बसुन्धरा फाउन्डेसनले प्रदान गर्दै आएको छ ।

नेपाली चलचित्र, टेली चलचित्र तथा रंगमञ्च क्षेत्रमा मह जोडीको चार दशकभन्दा लामो योगदान रहेका कारण यो पुरस्कारबाट सम्मानित गरिएको आयोजक पक्षले जनाएको छ । पहिलो रंगिन चलचित्र कुमारीमा चैत्यदेवीले नायिकाको रूपमा काम गर्दा मह जोडीले पनि त्यही समयबाट अभिनय यात्रा थालेका थिए । यस्ता अग्रज कलाकारको योगदानको कदर स्वरूप सम्मान गर्न पाउँदा खुसी लागेको आयोजक पक्षले जनाएको छ ।

प्रथम रंगिन नेपाली चलचित्रकी नायिका चैत्यदेवीको नाममा स्थापित पुरस्कारबाट आफूहरू पुरस्कृत हुन पाउँदा खुसी लागेको मह जोडीले बताएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 331 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको निष्कर्ष- संसद चलाउन सरकार र सभामुख संवेदनशील भएनन्

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मेयरमा श्रीमान र उपमेयरमा श्रीमतीको उम्मेदवारी दर्ता