धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका प्रकृति संरक्षण अवार्ड पाउने भएको छ । उपमहानगरलाई विश्व प्रकृति कोष (डब्लूडब्लूएफ) नेपालले वातावरण संरक्षणमा उल्लेख्य भूमिका निभाएको भन्दै प्रकृति संरक्षण अवार्ड प्रदान गर्न लागेको हो ।
डब्लूडब्लूएफ नेपालले आफ्नो ३१ औं स्थापना दिवसको अवसरमा धनगढी उपमहानगरपालिकालाई अवार्ड प्रदान गर्ने जनाएको छ ।
यहि १९ मे को दिन आयोजना गरिने कार्यक्रममा उपमहानगरपालिकालाई नगदसहित अवार्ड प्रदान गरिने विश्व प्रकृति संरक्षण कोष नेपालले जनाएको छ ।
धनगढीले वातावरण संरक्षणअन्तरगत प्लास्टिक बिक्रीवितरणमा रोक, वृक्षारोपण, पानी पुनरभरण, सर्प तथा जीवजन्तूको सकुशल उद्धार गरि सम्बन्धितको वास स्थानमा छोड्नेलगायतका क्षेत्रमा काम गर्दै आएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 257 times, 1 visits today)