लुम्बिनी प्रदेश सरकार अवैधानिक: पूर्वमन्त्री बराल

गुल्मी । लुम्बिनी प्रदेशका पूर्व सामाजिक विकास मन्त्री एवम् नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कार्यालय सदस्य सुदर्शन बरालले अहिले चलिरहेको लुम्बिनी प्रदेश सरकार अवैधानिक रहेको बताएका छन् ।

सोमबार गृह जिल्ला गुल्मीमा प्रेस संगठन गुल्मीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पूर्व मन्त्री बरालले अहिले सरकारसँग सरकार संचालनको लागि आवश्यक मत सङ्ख्या नै नभएको जिकीर गरे । लुम्बिनी प्रदेशमा रहेका कुल ८७ सासंदमध्ये हाल ८३ जना कायम छन् ।

जसअन्तरगत काङ्ग्रेस, माओवादी केन्द्र र जसमा मिल्दा ४५ मत रहेको र एमालेसँग ३८ मत मात्रै रहेकोले अल्पमतको सरकार स्वीकार्य हुन नसक्ने उनले दाबी गरे । असार मसान्तमा आफुहरुले सरकारलाई बजेट प्रस्तुत गर्न दिएपनि सरकार प्रमुखले नै संसद बहिष्कार गर्नु दुखद् बिषय भएको बताए ।

राजनीतिक समस्यालाई राजनीतिक हिसाबले नै समाधान गर्नुपर्ने भन्दै नेता बरालले सर्वोच्च अदालतलाई सानो–सानो बिषयमा फैसला गर्न बाध्य बनाउन नहुने धारणा राखे । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलले नैतिकताको आधारमा राजिनामा नदिएकोले कानुनी आधारमा राजिनामा गराउने बरालले दाबी गरे । साथै जिल्लाको सन्दर्भमा पनि थुप्रै विकासका काम अगाडी बढाएको उनले जानकारी दिए ।

 

तपाइको प्रतिक्रिया
(Visited 258 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गठबन्धन खुकुलोः सत्तारूढ दलमै असन्तुष्टि

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मुलुकभर ८२ हजार २ सय १० जनाद्वारा उम्मेदवारी दर्ता