कर्णाली चलचित्र महोत्सव सम्पन्न

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरमा ‘तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८३’ शनिबार सम्पन्न भएको छ । ‘घुमौँ कर्णाली, हेरौँ कर्णाली’ नारासहित शुक्रवारबाट सुरु भएको महोत्सवले कला, संस्कृति, पर्यटन र चलचित्र विकासलाई जोड्ने मञ्च प्रदान गरेको थियो ।

महोत्सवले कर्णालीलाई अन्तर्राष्ट्रिय सुटिङ हब बनाउने दीर्घकालीन सम्भावना बढेको कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बताए ।

महोत्सवले नीति, सहकार्य र चलचित्र पर्यटन प्रवद्र्धनमा योगदान दिएको जनाइएको छ । कर्णालीमा चलचित्र छायांकन प्रोत्साहन र कथा प्रतियोगिता सुरु गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 13 times, 1 visits today)

epaper

ताजा समाचार

गीत गाएकै भरमा प्रहरीको दमन सम्झेर भावुक भए कलाकार