मुख्यमन्त्री विजयले प्रेमिकाको चलचित्रलाई खोले बिहानी सो


मुम्बई । अभिनेता विजय थलापति (सी. जोसेफ विजय)ले तमिलनाडुको मुख्य मन्त्री भएको तीन दिन भित्रै तिन वर्ष पुरानो नियम रद्द गरेका छन् । उनले अब त्यहाँ बिहानीको सोमा चलचित्र प्रदर्शन हुने अनुमति दिएका छन् ।

विद्यार्थीहरूले स्कुल छाडेर बिहानीको सोमा चलचित्र हेर्न गएको उजुरी बारम्बार परेपछि अघिल्लो सरकारले तमिलनाडुमा प्रदर्शन हुने चलचित्रको बिहानी सोमा रोक लगाएको थियो । त्यहाँ ११ बजेपछि मात्र चलचित्र देखाउन पाउन नियम लगाइएको थियो । यही नियमलाई हटाएर मुख्य मन्त्री एवम् अभिनेता विजयले तमिलनाडुमा बिहान ९ बजेबाट चलचित्र प्रदर्शन गर्न पाउने पुरानो नियमलाई सदर गरेका छन् ।

त्यसो त विजयकै प्रेमिका भनेर चिनिएकी अभिनेत्री त्रिशा कृष्णनको चलचित्र ‘करुप्पु’ यही बिहीबार ३१ वैशाखबाट रिलिज हुँदै छ । आफ्नो प्रेमिकाको चलचित्रलाई व्यावसायिक फाइदा मिलोस् भनेर पनि नवनिर्वाचित मुख्यमन्त्री विजय थलापतिले चलचित्र प्रदर्शन गर्न बिहानीको सो खुला गरेको आरोप पनि लागेको छ । तथापि मुख्यमन्त्री विजयको निर्णयले त्रिशासँगै यो चलचित्रको निर्माता, निर्देश कृतज्ञ छन् । अरू चलचित्रकर्मीहरूले पनि विजयको यो निर्णयप्रति कृतज्ञता व्यक्त गरेका छन् ।

प्रोडक्सन हाउसले मुख्यमन्त्री विजयको लागि यो निर्णयको स्वागत गर्दै विज्ञप्ति र सामाजिक सञ्जालमा लेखेको छ,‘चलचित्र करुप्पुको बिहान ९ बजेबाट प्रदर्शन गर्न विशेष अनुमति दिएकोमा हाम्रा मुख्यमन्त्री जोसेफ विजयलाई धन्यवाद । अब हाम्रो चलचित्र तमिलनाडु राज्यमा बिहीबार १४ मेदेखि बिहान ९ बजेबाट प्रदर्शन हुनेछ ।’

‘करुप्पु’ एक्सन जनराको कोर्टरूम ड्रामा चलचित्र हो । मुद्दा लड्दा लड्दै एक व्यक्ति वृद्ध भएको कथा यसमा छ । जसमा त्रिशा कृष्णनले वकिलको भूमिका निर्वाह गरेकी छिन् ।
थलापति विजय र त्रिशा कृष्णन लामो समयदेखि प्रेम सम्बन्धमा रहेको चर्चा छ ।१० मा आयोजित विजयको शपथ ग्रहण समारोहमा विशेष पहिरनमा सजिएर अभिनेत्री कृष्णन उपस्थित भएकी थिइन् । सो राजनीतिक कार्यक्रममा उनको उपस्थितिलाई धेरैले महत्त्वका साथ हेरेका थिए ।

विजय र त्रिशाले आफ्नो सम्बन्धको ’boutमा कुनै प्रतिक्रिया दिएका छैनन् । तर पनि विजयलाई जिताउन चुनावी प्रचारमा अभिनेत्री त्रिशा सक्रियताका साथ लागेकी थिइन् । सोही कारण पनि त्रिशाको चलचित्रलाई विजय बिहानीको सोमा प्रदर्शनको लागि खुलासा गरेको आरोप छ ।

तपाइको प्रतिक्रिया
(Visited 73 times, 1 visits today)

epaper

ताजा समाचार

विद्यार्थीद्वारा तयार पारिएका पौभा कला प्रदर्शनीमा