काठमाडौं । चलचित्र पत्रकार संघ नेपालले यस वर्षको राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार घोषणा गरेको छ । संघले यी सबै सम्मान र पुरस्कारलाई ‘चलचित्र पत्रकारिता दिवस’को अवसर पारेर आगामी ७ जेठमा काठमाडौँमा एक समारोहबिच प्रदान गर्ने भएको छ । संघको कार्यालयमा बसेको बैठकले यो निर्णय गरेको हो । संघले वरिष्ठ पत्रकार अनन्त वाग्लेलाई ‘राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान २०८३’ प्रदान गर्ने भएको छ । यो म्मानको रकम ५५ हजार ५५५ रुपैयाँ रहेको छ ।
यस्तै ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०८३’ बाट दुई पत्रकार जयन सुब्बा मानन्धर र कुवेर गिरीलाई सम्मानित गरिने भएको छ । यो सम्मानमा भने रकम छैन । संघले ‘राष्ट्रिय चलचित्र पत्रकारिता मरणोपरान्त विशेष सम्मान’ दिवंगत पत्रकार एवम् संघका पूर्व अध्यक्ष दिनेश सिटौलाको नाममा उनको परिवारलाई प्रदान गर्ने भएको छ ।
यसै वर्ष स्थापित ‘स्व. दिनेश सिटौला स्मृति राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार –२०८३’ सुरक्षा भट्टराईलाई प्रदान गरिने भएको छ । यो पुरस्कारको राशि ५१ हजार रुपैयाँ रहेको छ ।
यस्तै ५१ हजार रुपैयाँ राशिकै ‘राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०८३’ वैकुण्ठ राज पराजुलीलाई प्रदान गर्ने निर्णय संघले गरेको छ । २५ हजार रुपैयाँ राशिको ‘राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार–२०८३’ मिलन ढुंगानालाई प्रदान गरिने संघले जनाएको छ ।
विगतमा प्रदान गरिँदै आएको ‘मोफसल चलचित्र पत्रकारिता पुरस्कार’ यो वर्ष संघले स्थगित गरेको छ । मोफसलका धेरै शाखाहरूले नविकरण गरेर बुझाउनु पर्ने रकम बुझाएका छैनन् । सोही कारण यो पुरस्कार रोक्नु परेको संघका पदाधिकारीले राजधानीलाई बताए ।
सम्बन्धित समाचार
महिला आयोग पुगेर नोराले पनि मागिन माफी
एकसाथ जुधे तीन नेपाली चलचित्र
पोखरामा जिफानले सिकायो अभिनय
‘चिरञ्जीवी भव’बाट जोडिए ‘काकु’ र ‘जिग्री’
७९ औँ कान्स फेस्टिभल सुरु, पिटरलाई ‘पाल्मे डी’ओर’ पुरस्कार
मुख्यमन्त्री विजयले प्रेमिकाको चलचित्रलाई खोले बिहानी सो
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको शब्द रचना रहेको गीत सार्वजनिक
शव श्रद्धाञ्जलीलाई सम्मानित बनाउँदै सविन श्रेष्ठ






