लेक लागेर सिंहको मृत्यु

फाइल तस्बिर

सुर्खेत । यार्सागुम्बा सङ्कलनका लागि डोल्पाको पाटनमा पुगेका जाजरकोट नलगाड नगरपालिका–११ निवासी ४३ वर्षीय लोकबहादुर सिंहको मृत्यु भएको छ ।

डोल्पो बुद्ध गाउँपालिका–३ धो–टास्कीको तीनजङ्खोला पाटनमा यार्सागुम्बा सङ्कलनका लागि पुगेका सिंह बिरामी भएपछि उपचारका लागि सदरमुकाम ल्याउँदै गर्दा काइके गाउँपालिका–७ को लैनीमा आज मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिरामी भएर जेठ १२ गते धोबाट दुनैतर्फ आउँदै गर्दा बाटोमै मृत्यु भएको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी निरीक्षक टोपेन्द्र बुढामगरले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 21 times, 1 visits today)

epaper

ताजा समाचार

मोरङमा एकै दिन श्रीमान–श्रीमतिको निधनले गाउँ शोकमा