काठमाडौं । पछिल्लो चार हप्ता यता प्रदर्शनमा आएका नेपाली चलचित्रहरूमा अन्ततः ‘लालीबजार’ले सफलता हासिल गरेको छ । अघिल्लो शुक्रवार रिलिज भएको दुई चलचित्र ‘काजी’ र ‘मितज्यू’को पहिलो साताबाट व्यापार हेर्दा ‘काजी’ भन्दा ‘मितज्यू’ दोब्बरले माथि छ ।
चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको १६ जेठ शनिवार रातीसम्मको व्यापारिक विवरण अनुसार रिलिज भएको ९ दिनमा अभिनेता दयाहाङ राई र सौगात मल्लको चलचित्र ‘मितज्यू’ले १ करोड २० लाख ५९ हजार ८२ रुपैयाँको व्यापार नेपालबाट गरेको छ । ९ दिनमा बक्स अफिसमा यो चलचित्रको ४१ हजार २४८ वटा टिकट बिक्री भएका तथ्यांकमा उल्लेख छ ।
बोर्डको तथ्यांक अनुसार ‘मितज्यू’सँगै रिलिज भएको चलचित्र ‘काजी’ले ९ दिनमा बक्स अफिसमा ४० लाख ८८ हजार १७५ रुपैयाँ मात्र ग्रस भएको देखिन्छ । तीन करोडको लागतमा बनेको यो चलचित्रको ९ दिनमा जम्मा १३ हजार ७ वटा टिकट बिक्री भएको छ । यो चलचित्रमा विपिन कार्की, केकी अधिकारी मुख्य भूमिकामा छन् । वैशाखमा मात्र अभिनेता विपिनको अघिल्लो चलचित्र ‘पहाड’ व्यावसायिक रूपमा असफल भएको थियो । जेठमा रिलिज भएको ‘काजी’ले पनि राम्रो व्यापार गर्न नसकेपछि उनी दुई महिनामा लगातार दुई वटै चलचित्रमा असफल बनेका छन् ।
यति बेला चौथो सातामा प्रदर्शन भइरहेको नेपाली चलचित्र ‘लालीबजार’ स्वदेशको चलचित्र घरबाट ८ करोडको व्यापार नजिक पुगेको छ । यो चलचित्रले १६ जेठसम्म २२ दिनमा चलचित्र घरमा ७ करोड ९० लाख ३१ हजार ४३७ रुपैयाँ ग्रस व्यापार गरेको छ । यो अवधिसम्म २ लाख ६९ हजार २०२ जनाले टिकट काटेर यो चलचित्र हेरेका छन् ।
यसरी यो वर्ष रिलिज भएको एक दर्जन चलचित्रमा व्यावसायिक हिसाबले चलचित्र ‘लालीबजार’ माथि छ । यो चलचित्रले ८ करोडको व्यापार गरिरहँदा यस अघि रिलिज भएको चलचित्र ‘परालको आगो’ले ४ करोड २७ लाख ८४ हजार ४४५ रुपैयाँ व्यापार गरेको छ ।
चलचित्र ‘मालती मंगले’ले तीन सातामा ५१ लाख ७३ हजार ७९३ रुपैयाँको मात्र ग्रस व्यापार गर्दै असफल साबित भयो । गत १ जेठमा रिलिज भएको अभिनेत्री सुरक्षा पन्तको चलचित्र ‘लाइफ ड्यामेज’ दुई सातामा जम्मा ३३ लाख २६ हजार ३२० रुपैयाँ ग्रस व्यापार गर्दै असफल भएको छ ।
सम्बन्धित समाचार
‘लालीबजार’को चर्चा वर्षौंसम्म हुनेछः अभिनेता तथा निर्देशक शाह
तुलसी घिमिरेलाई दीर्घ साधना सम्मान
फस्ट लुक्समा ‘कमला मिस’
मितेरी साइनोको कथामा आधारित ‘मितज्यू’
‘एलिफेन्ट्स इन द फग’लाई कान्समा ऐतिहासिक अवार्ड, नेपालमा स्वागत गरिँदै
पलेँटीमा गुञ्जिँदै सुप्रसिद्ध गीतकार थापाका गीत
फेरी बन्यो चलचित्र ‘गौँथली’
बुबा महेश भट्टको रोमान्स’bout खुलिन अभिनेत्री पूजा






