४ दिनदेखि बेपता किशोरी फेसबुकमा देखिएपछि परिवारजन चकित

राजविराज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ५ बाट ४ दिन देखी वेपत्ता एक किशोरी’bout धेरैजसो स्थानीयले अनुमान गरे झै परिणाम सार्वजनिक भएको छ ।

स्थानीय एक सामुदायिक विद्यालयमा कक्षा ९ मा अध्यनरत १७ वर्षिया किशोरी रजनी कुमारी साह विहिवार वेपत्ता भएकी थिइन ।

विद्यालय जान्छु भन्दै घरबाट निस्केकी उनी सोही दिन विहान ८ बजे देखी सम्पर्क विहिन भएकी थिइन । परिवाजनले खोजीका लागी प्रहरीमा उजुरी दिनुका साथै उनका सहपाठी, नातेदार र चिनजानका सबैतिर खोजी गरिरहेका थिए । यसैबीच सोमवार अचानक फेसबुकमा सार्वजनिक भएको एउटा भिडियोले परिवारजन चकित परेका छन ।

अघिल्लो दिन सम्म छोरीको खोजीमा भौतारिएका बेला सोमवार एउटा अपरिचित केटासंग छोरीको भिडियो फेसबुकमा सार्वजनिक भएपछी आपुृm चकित परेको बुआ विरेन्द्रले सुनाए । भिडियोमा देखिएको केटा भारतको फारविसगंज निवासी भएको पत्ता लागेको उनले सुनाए ।

भिडियोमा रजनीले सिउँदोमा सिन्दुर लगाएको तथा प्रसन्न मुद्रामा ती केटासँगै गीत गाइरहेको देखिएको छ । बुवा बिरेन्द्रले नाबालिक छोरीलाई फेसबुक मार्फत प्रलोभन र प्रेमजालमा फसाएर भगाएको भन्दै ती केटा विरुद्ध प्रहरीमा अर्काे उजुरी दिने बताएका छन ।

१७ वर्षको उमेरमा कुनै किशोरी यसरी फेसबुक मार्फत प्रेम सम्बन्धमा जोडिएको र भागेको यो घटना नौलो होइन । यस अघि पनि यस्ता खालका घटना भइसकेको प्रहरीको भनाईछ । यस सम्बन्धमा अभिभावकको उजुरी आएपछि थप अनुसन्धान तथा कारवाही प्रकृया अघि बढाइने प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 139 times, 1 visits today)

epaper

ताजा समाचार

धनगढीको फूलबारीमा १५ शय्याको अस्पताल सञ्चालनमा