सांस्कृतिक चाड: पाहाँचः-हे

सांस्कृतिक सम्पदा र परम्परागत शैलीका विभिन्न चाडवाडका धनी उपत्यकाका नेवारले प्राचीनकालदेखि मनाउँदै आएको चाडमध्ये पाहाँचः-हे चाडको ठूलो महत्व छ । नेवारले मनाउँदै आएको चाडपर्वकै कारणले नेपालको संस्कृति र राष्ट्रियतालाई संरक्षण गरिराखेको छ । नेवार जातिको आफ्नो मौलिकताले भरिएको चाडवाड नेपालकै सांस्कृतिक धरोहरको रूपमा रहँदै आएको छ भने विश्वमा नै नेपालको पहिचानाको रूपमा पनि रही आएको छ ।

पाहाँचः¥हे विशुद्ध नेवारी संस्कृतिमा आधारित पर्वले उपत्यकामा एउटा छुट्टै रौनक छाएको हुन्छ । पाहाँ भन्नाले नेपाल भाषामा पाहुना र चः¥हेको अर्थ चतुदर्शी हो । नेवारी संस्कृतिमा पाहुनाको ठूलो स्थान छ । पाहुनालाई देउता झैं मानेर बडो श्रद्धाका साथ स्वागत सत्कार गरिन्छ । त्यसैले आफ्ना साथीभाइ, इष्टमित्रहरूलाई आमन्त्रण गरेर भोज खुवाउने गरिन्छ । पाहाँच¥हे विशुद्ध प्राकृतिक वातावरण, खानपान र रहनसहनसँग जीवनको व्यावहारिक अस्तित्व समायोजन गर्ने पर्व हो । जाडो सकिएको र गर्मी सुरु हुने हुँदा हुरी बतास, वर्षात र अनेक थरीका रोगबाट बच्ने उपायको खोजी गर्ने धार्मिक प्रवृत्ति नै नेवार समाजमा पाहाँचः¥हे पर्वले लिएको पाइन्छ ।

पाहाँचः¥हे चाड चैत्र कृष्ण चतुर्दशीदेखि प्रतिपदासम्म तीन दिन उपत्यकाका नेवारले विभिन्न किसिमले मनाउने गर्छन् । हिन्दू वा बौद्ध नेवारले बडो श्रद्धाका साथ यो चाडलाई रमाइलोसँग मनाउने गर्दछन् । पाहाँचः-हेका दिन काठमाडौंका टोल टोलमा रहेका गणेश, देवीलगायतका देउताहरूलाई कुखुरा, हाँस, बोका बलि दिने गरिन्छ । यो दिन टोल टोलमा देउताका खट घुमाएर जात्रा गरिने भएकोले ज्यादै रमाइलो हुन्छ ।

पाहाँचः¥हेका दिन टोल टोलमा रहेका लुकुमहाद्यः (लुकेको महादेव)लाई पूजा गरिन्छ । फोहर भएको ठाउँमा लुकिरहेका महादेवलाई धुलो माटो खसेर मुनि गाडी रहेको शिवलिंगलाई सफा सुग्धर गरी पूजा गरिन्छ । पिशाचको रूपमा लुकेर बसेको महादेवलाई पिशाच चतुर्दशीका दिन पूजा गरिँदै आएको हो । लुकुमहाद्यःलाई विशेष गरेर लसुन, भटमास, माछा, छ्वयला, चिउरा राखेर समयबजी चढाउनुका साथै जाँड रक्सी पनि चढाउने गरिन्छ । साथै लुकुमाद्यःलाई सुनको फूल र चाँदीको फूल पनि चढाइन्छ । यसरी फूल चढाउँदा सुनको फूल भनेर तोरीको फूल र चाँदीको फूल भनेर मुलाको फूल चढाउने गरिन्छ ।

महादेव जस्तो द्यौतालाई समेत पिशाचको रूपमा फोहरभित्र किन लुकेर बस्नुपरेको होला ? भन्ने सम्बन्धमा एउटा किंवदन्तिअनुसार एकपटक महादेवले शनिलाई शनि लाग्दा धेरै दुःख हुन्छ भन्छन्, कस्तो हुन्छ हँ भनी सोध्नुभएछ । तब शनिले पनि हजुरलाई लाग्छ अनि थाहा हुनेछ भन्ने जवाफ दिएछन् । महादेवले छक्क पर्दै मलाई पनि तिमीले छुन सक्छौ त भन्ने प्रश्न गर्दा शनिले हजुरलाई पनि छुने समय आउँदै छ । हजुरको जानकारीका लागि यो समयमा म आउनेछु र हजुरलाई हुनेछु भनी जवाफ दिएछन् । अनि शनि आफ्नो बाटो लागेछन् ।

शनिले छुने समय पनि आयो अर्थात् शनि लाग्ने समय आएछ र महादेव लुक्न गएछन् फोहर फाली राखेको डुंगुरभित्र । अब शनिले मलाई कसरी छुन्छ हेरौंला भन्दै महादेव हिलो माटो फोहर मुन्तिर लुकेर बसिरहे ।

किंवदन्तीअनुसार हामीले दुःख पाएका आफन्त वा कोही कसैलाई पनि हेला गर्नुहुँदैन, धनीलाई गरिने व्यवहार र गरिबलाई गर्ने व्यवहारमा फरक पार्नुहुँदैन

पिशाच चतुर्दशीका दिन शनि, महादेव लुकी रहेको ठाउँमा आइपुग्यो र महादेवलाई भन्यो–मैले देखिहालें नि । तर महादेवले सोधेछन् –‘खोइ त तिमीले मलाई छोएको ?’ तब शनिले पनि जवाफ दिएछ–‘हजुरलाई मैले नछोएको भए हजुर यसरी फोहर भित्र लुकेर बस्नु पथ्र्याे र ? मैले त हजुरलाई उही समयमा छोइसकेको थिएँ जुन समयमा हजुर यहाँ लुक्न आउनुभएको थियो ।’ शनिको जवाफ सुनेर महादेव लाजले भुतुक्क भएछन् । यो कथानक घटनाबाट के शिक्षा पाइन्छ भने जुनसुकै शक्ति किन नहोस्, जतिसुकै ठूलो मान्छे किन नहोस् उसका पनि दुर्दिन आउन सक्छ । सबैलाई सधैं एकनाश हुँदैन, दशा लाग्न सक्छ, दुःख हुन सक्छ । महादेवजस्ता देवतालाई त शनि दशा लागेर हिलो फोहरभित्र बस्नुप¥यो भने हामी मानिसमा पनि उतारचढाव आउन सक्छ । त्यसैले कहिले पनि घमण्ड गर्नुहुँदैन भन्ने शिक्षा लिएर जस्तै सुख र दुःखमा पनि एकनाश हुनुपर्छ र सबैसँग समान व्यवहार गर्नुपर्छ ।

पाहाँचः¥हेको भोलिपल्ट औंसीका दिन टोल टोलपिच्छे बालबालिकाहरूलाई ‘मरःजा’ खुवाउने परम्परा छ । एक किसिमले कन्या–कुमार खुवाए जस्तै गरी खुवाउने यस ‘मरःजा’ खुवाउँदा व्रतबन्ध नगरेका र बेल विवाह नगरेका सानासाना बालबालिकाहरूलाई खुवाउने गरिन्छ । अजिमाको प्रसादको रूपमा दालभात तरकारी खुवाउने गरिन्छ । यसरी ‘मरःजा’ खुवाउने एउटा गुठी नै चलाई आएको पाइन्छ । श्रद्धालु व्यक्तिहरूले यस अवसरमा कसैले चक्लेट, कसैले बिस्कुट र कसैले मिठाई पनि बालबालिकाहरूलाई वितरण गर्ने गर्छन् । यसरी विभिन्न परिकार वितरण गर्नेहरूको घुइँचो नै लागेको हुन्छ । अजिमाको प्रसाद ‘मरःजा’ खुवाएपछि बालबालिकाहरूलाई भुतप्रेतले छुँदैन र अनेकौं रोग लाग्नबाट बचाउँछ भन्ने नेवार समाजमा गहिरो विश्वास रहेको पाइन्छ ।

पाहाँचः¥हेःको अवसरमा मकलको आगोमा इकाःपकाः (रायो–सस्युं) बालेर त्यसको धुँवा घरभरि उठाउने परम्परा छ । यसबाट घरमा भूत प्रेत, रोग, शोक र बोक्सी जस्ता दुष्ट आत्माबाट मुक्ति पाइन्छ भन्ने मान्यता छ ।

पाहाँचः¥हेको भोलिपल्ट दिउँसो घोडेजात्रा मनाउने भनेर टुँडिखेलमा घोडा कुदाउने गरिन्छ । उपत्यकाका प्रत्येक गाउँ, नगर र बस्तीको छुट्टाछुट्टै पहिचानमुखी पर्वहरू रहेका छन् । ती पहिचानमध्ये पाहाँचः¥हेलाई येँ नखः अर्थात काठमाडौं सहरको पर्व पनि भनिन्छ । घोडेजात्रा काठमाडौंको पर्व भनिए तापनि ललितपुरको भोलाख्यःमा रक्सी खुवाएर मात्तिएको एउटा मात्र घोडा कुडाएर घोडेजात्रा मनाउने परम्परा छ । त्यस्तै भक्तपुरमा पनि परालको घोडा बनाएर दौडाउने गरिन्छ । एउटा कथनअनुसार मल्ल कालमा काठमाडौं र पाटनका राजाहरू बीच ठूलो झगडा भएछ । काठमाडौंको टँुडिखेलमा देखाउने घोडेजात्रा आफ्ना देशका जनताहरूले हेर्न नजाओस् भनी ललितपुर बालकुमारी नजिक भोलाःख्यःमा अनौठो प्रकृतिको एउटा मात्र घोडा कुदाउने जात्रा मनाउने चलन रही आएको हो ।

पाहाँचः¥हेको रातमा टेबहालको भद्रकाली, बटुटोलको भद्रकाली देवीका खट टुंडिखेलमा ल्याउँछ । अनि कंकेश्वरी देवीको खट पनि ल्याउँछ र देउता जुधाउने भनेर टेबहाल वटुका देवीहरूको खटमा चढेर बसेका मानिसहरूको हातमा रहेको बलिरहेको तिंप्वाः (एक किसिमको परालको मसाल ) साटासाट गरेर तीनपटक खट घुमाएर फर्काउने गरिन्छ । शुद्ध रात्रिमा हुने यो देउता जुधाउने जात्रा एकदम रमाइलो र रोचक हुन्छ । भोलीपल्ट दिनभर टोलका प्रायः सबै स्थानमा गाजा बाजाका साथ खट घुमाएर जात्रा गरिन्छ र घर घर बाट दिइने पूजा ग्रहण गरिन्छ ।

पाहाँचः¥हेको तेस्रो दिन अर्थात प्रतिप्रदाका दिन असनमा देउता जुधाउने गरिन्छ । त्यो दिन पनि टेबहाल र वटुका भद्रकाली देवीका खटहरू असन दोबाटोमा दिउँसो ल्याइन्छ । अनि कंकेश्वरी अजिमाको खट जुधाउन असनमा ल्याइन्छ । टेबहाल र बटुका भद्रकाली अजिमाको खटका तर्फबाट बलिरहेको तिंप्वाः कंकेश्वरी देवीको खटसँग साटेर तीनपटक खट घुमाएर ठूलो जनमानसका साथ देउता जुधाउने जात्रा सम्पन्न गरिन्छ । यसरी देवीका दिदी बहिनी बिच भेटघाट गर्ने जात्रा भव्य रूपमा मनाउने गरिन्छ । यस अवसरमा असनवासीका घरका झ्याल झ्यालबाट जात्रालु भक्तजनहरूको स्वागतार्थ ल्वंचाःमरी फ्याँकेर हर्ष बढ़ाइ ज्ञापन गर्ने गर्दछन् । यो जात्रा हेर्ने धेरै मानिसको असनमा भीड नै लागेको हुन्छ ।

पाहाँचः-हे विशुद्ध प्राकृतिक वातावरण, खानपान र रहनसहनसँग जीवनको व्यावहारिक अस्तित्व समायोजन गर्ने पर्व हो

एक आख्यानअनुसार अष्टमातृका दिदी बहिनीहरूमध्ये एक धेरै सन्तानकी आमा लुती अजिमाँ (इन्द्रायणी) पनि पाहाँचः-हेको भोज खान झुत्रै लुगा लगाएर माइती गइछन् । तर गरीबिका कारण माइतीमा समेत गरिब छोरीलाई राम्रा लुगा गहना लगाएर आएको अन्य छोरी ज्वांइका साथ बसि खान दिएन छन् । भोक लागेको बेला भोज देखेपछि लुती अजिमाँका बच्चाहरू भोक लाग्यो भोक लाग्यो भनी कराइ रहँदा पनि कसैले कुनै वास्ता नगरेपछि मनमा ठूलो सन्ताप लिई बच्चाहरूलाई साथै लिइ फर्केछन् । फर्कदै गर्दा बाटोमा एउटा फर्सि भेटिन । घर गएर यही फर्सी उसिनेर भए पनि बच्चाहरूलाई खुवाउनु प¥यो भनी काट्दा फर्सी त सुनमा परिणत भएछ । भित्र सुनैसुन रहेछ । उक्त सुनको कारण धनी भएको लुती अजिमा अर्को पटक झकि झकाउ भई माइती जाँदा अत्यधिक मान सम्मानका साथ भोज खुवाउन थाले ।

तर लुती अजिमाको पालो खान दिएको भोज जथाभावी गहना लुगामा दल्न थालिन् । यो देखेर सबै अजिमा दिदी बहिनीहरूले यो के गरेको भनि सोध्दा ‘जब म गरिब खान नपाएको अवस्थामा थिएँ यही घरबाट भोकै फर्काइयो आज म सुखी सम्पन्न छुं मान सम्मानका साथ खाना ल्याइयो । यो खाना मेरो लागि होइन रहेछ, यो लुगा र गहनाको लागि रहेछ’ भनि बाहिर निस्किन । ‘मिखा कां नं भ्वय् खं, वसः कां नं भ्वय् मखं’ अर्थात आँखा कानोले भोज देख्छ लुगा कानोले भोज देख्दैन रहेछ भन्दै लुती अजिमाँले पाहाँचः-हे बहिष्कार गरेको कारण लुती अजिमाँ इन्द्रयणीको जात्रा मात्र बाला चतुर्दशीका दिने हुने गर्दछ ।

यो किंवदन्ती अनुसार हामीले के बुझ्नुपर्छ भने दुःख पाएका आफन्त वा कोही कसैलाइ पनि हेला गर्नुहुँदैन । धनीलाई गरिने व्यवहार र गरिबलाई गर्ने व्यवहारमा फरक पार्नुहुँदैन । सबैलाई समान व्यवहार गर्नुपर्छ भन्ने ज्ञान यो पाहाँचः¥हे पर्वले हामीलाई दिएको छ ।

कलिगत सम्बत ३८२५ मा राजा गुणकामदेव द्वारा स्थापित लुमधिअजिमा, कङग अजिमा, म्हेपि अजिमा, मैती अजिमा, तकति अजिमा, न्यतमरु अजिमा, बछला अजिमा सात दिदी बहिनीको जात्रा पाहाँचः¥हेका दिन टुंडिखेल र असनमा हुने परम्परा रहेता पनि हाल कंग अजिमा, लुमडी भद्रकाली बटु र टेबहाः अजिमाको खट मात्र जात्रा हुने गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 348 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गिरिबन्धु टि–इस्टेट प्रकरणः दीपक मल्होत्राको योजनामा केपी ओलीसहितले गरेका थिए नीतिगत भ्रष्टाचार

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
नवनिर्वाचित जनप्रतिनिधीहरुले सपथ लिए