पर्यटकीय क्षेत्र विकासमा गुरुयोजना बनाई काम सुरु

चुरे मकवानपुर । बागमती प्रदेश सरकारले मकवानपुरको इन्द्रसरोबर सहित प्रदेशका एक सय वटा पर्यटकीय क्षेत्रको विकासको लागि गुरुयोजना बनाई काम सुरु गरेको छ । प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तरगतको पर्यटन विकास आयोजनाले एक सय वटा योजनाको काम सुरु गरेको हो ।

चालु आर्थिक वर्षमा २९ वटा ठुला योजनाको ठेक्का मार्फत काम सुरु गरिएको छ भने ७० वटा योजानको उपभोक्ता समिति मार्फत काम हुदै आएको छ । ’प्रदेशमा धेरै भन्दा धेरै पर्यटक भित्र्याउनका लागि पर्यटकीय पूर्वाधारका काममा जोड दिइएको छ‘ उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपालले भने– ‘देशका सातवटै प्रदेश मध्य प्रमुख पर्यटकीय गन्तव्यका रुपमा बागमती प्रदेशलाई वनाउने अभियान अनुसार काम भइरहेको छ ।’

प्रदेशले पर्यटन क्षेत्रमा गर्ने प्रमुख काम मध्यमा मकवानपुरको इन्द्रसरोवर जलाधार क्षेत्र सहित हिल स्टेसन, जुगल हिमाल आरोहणलाई प्रमुख केन्द्र वनाएर काम गर्न सुरु गरिएको मन्त्री नेपालले बताए । विभीन्न जिल्लामा रहेका ऐतिहासिक गढी तथा किल्लाहरुको संरक्षण गर्दै पर्यटकीय क्षेत्रका रुपमा विकास गरिन लागिएको छ । हरेक पर्यटकिय क्षेत्रको गुरु योजना वनाएर काम गर्न लागिएको नेपालले बताए ।

गत वर्ष प्राविधिक कर्मचारी अभावका कारण पर्यटन क्षेत्रको वजेट खर्च हुन नसकेकोको वताइएको छ । चालु आर्थिक वर्षको सुरुवात देखिनै यस क्षेत्रमा काम गर्न थालिएकोले ९९ योजनाको काम सुरु भएको पर्यटन विकास आयोजनाका प्रमुख शिव सापकोटाले जानकारी दिए ।

पर्यटन पूर्वाधारका क्षेत्रमा ७५ लाख देखि ५ करोड रुपैयाँ लागत पर्ने योजनामा ठेक्का मार्फत काम भइरहेको उनले बताए । ठेक्का लगाइएका धेरैजसो योजनाहरु वहुवर्षिय योजना रहेका छन् । साना खालका ७० वटा योजना भने स्थानीय उपभोक्ता समिति मार्फत काम सुरु भएको आयोजनाका प्रमुख सापकोटाले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 365 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

अशोक राईको नेतृत्वमा जसपा नेपाल विभाजन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गठबन्धनका कारण उपप्रमुखमा पनि पुरुष हावी