उपभोक्ताको घरघरमा ग्यास पु-याउने व्यवस्था

काठमाडौं । विश्वव्यापी फैलिइरहेको कोरोना भाइरस संक्रमण फैलन नदिन सरकारले मुलुकभर लकडाउन गरेको बेला नेपाल आयल निगम आफैंले घुम्तीमार्फत उपभोक्ताको घरघरमा ग्यास पु-याउन थालेको छ ।

लकडाउनको समयमा खाना पकाउने समस्या नहोस् भन्नेर निगमले उपभोक्तालाई विभिन्न १२ वटा वर्गमा विभाजन गरी घुम्ती भ्यानमार्फत निगमले घरघरमा ग्यास पु-याउन थालेको हो । निगमले विभाजन गरेको १२ वटा वर्ग वृद्धवृद्धा, असहाय, अस्पताल, वृद्धाश्रम, बिरामी, अनाथालय, किरिया बसेको घर बालश्रम र बालगृह, पुनःउत्थान केन्द्र र सुधार गृह, कारागार, निःशुल्क भोज गराउने निकाय र संस्था वा व्यक्ति, सरकारले तोकेको क्यारेन्टाइन तथा अत्यावश्यक काममा खटिएका मजदुर र कर्मचारीलाई अति समस्याका उपभोक्तालाई राखेको छ ।

निगमले सम्पर्कका लागि ४२६४६००, ४२६३४८५, ९८५१२०१२६२, ९८५१०६७७२४ र ९८४७९५३१६३ नम्बर राखेको छ ।

नेपाल आयल निगमले घुम्ती भ्यानमार्फत ग्यास वितरण गरेको यो पहिलोपटक हो । निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको निर्देशनअनुसार निगमले यो सेवा सुरु गरेको बताए । पौडेलले भने, ‘निगमले नै आपैंm घुम्ती भ्यानमार्फत ग्यास वितरण गर्दा अब उपभोक्ताले ग्यास नपाएर खाना खाने पाएनांै भन्ने हुँदैन ।’ ‘हामीले समस्या परेका उपभोक्ताको सहजीकरणका पाँचवटा सम्पर्क नम्बर तोकेको छ’ । पौडेलले भने, पाँचवटा सम्पर्क नम्बरमा जुनमा गरे पनि हुन्छ । निगमले सम्पर्कका लागि ४२६४६००, ४२६३४८५, ९८५१२०१२६२, ९८५१०६७७२४ र ९८४७९५३१६३ नम्बर राखेको छ । उपभोक्ताले गरेको फोन कलअनुसार नै निगमले आवश्यताअनुसार ग्यास वितरण गर्छ ।

पौडेलले भने, ‘अति आवश्यक पर्ने उपभोक्ताले तोकेको सम्पर्क नम्बरमा सम्पर्क गरेर ग्यास लिन सक्छ । साधारण उपभोक्तालाई लक्षित गर्दै हामीले रिङरोडमा क्षेत्रमा ग्यास वितरण गर्नेछांै । निगमका प्रवक्ता विनितमणि उपाध्यायले कोरोना भाइरस (कोभिड(१९)को संक्रमणलाई मध्यनजर गर्दै नेपाल सरकारले दुई साता लामो लकडाउनको अवधिमा निगमले ग्यास वितरण गर्ने बताए । उनले मंगलबारदेखि नेपाल आयल निगमले टेकु कार्यालयबाट ग्यास वितरणको सुरु गरेको बताए । लकडाउनको समयमा ग्यास नपाएको गुनासो धेरै नै आउने थालेपछि निगमले टेकुबाट ग्यास वितरण गर्ने निर्णय गरेको प्रवक्ता उपाध्यायको भनाइ छ ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोल फ्री नम्बर ११३७ मा शुक्रबारदेखि मंगलबार कुल ५ सय ३० वटा गुनासामध्येमा ३ सय ९१ वटा ग्यास नपाएको गुनासा थिए । उपभोक्ताबाट ग्यास नपाएका गुनासो कम नभएपछि निगमले घुम्ती भ्यानमार्फत ग्यास वितरण गरेर उपभोक्तालाई सहजीकरण गर्न थालेको प्रवक्ता उपाध्यायले बताए ।
उनले मंगलबार मात्र काठमाडौंको विभिन्न स्थानमा ग्यास वितरणका ३ सय ५० वटा ग्यास सिलिन्डर घुम्ती भ्यान वितरणका लागि लगिएको बताए । उपाध्यायले भने, ‘३ सय ५० वटा ग्यास सिलिन्डर मध्यमा १ सय २० ग्यास सिलिन्डर १ बजे नै वितरण गरी सकेको थियो’ । साँझसम्ममा २ सय बढी सिलिन्डर बिक्री वितरण हुन्छ । उपभोक्तालाई बिहान १० बजेदेखि साँझ ५ बजेसम्म ग्यास बिक्री वितरण गर्ने समय राखेको पनि प्रवक्ता उपाध्यायले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 250 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

अध्यक्ष ओलीको अँगालोमा सुहाङ !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
वडाध्यक्षका उम्मेदवार चौधरीको निधन